back
CTIZAN AD

सङ्क्रमितलाई घरमै पुगी आयुर्वेदिक औषधि वितरण शुरु

वि.सं.२०७८ जेठ ३ सोमवार

693 

shares

३ जेठ, नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ ।

नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।

आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको पौडेलले बताए । आयुर्वेदिक औषधि वितरणको कार्यक्रम नगरपालिकाका अन्य वडामा समेत सञ्चालन हुने पौडेलले बताए ।

आयुर्वेद औषधालयका प्रमुख पौडेल, आधारभूत स्वास्थ्य एकाइ गैँडाकोटका प्रमुख सिनियर अहेव अधिकृत टुकराम सुवेदी र औषधालयका कर्मचारी गोपालप्रसाद सापकोटासहितको टोलीले होम आइसोलेशनमा रहेकाहरुको हौसला बढाउने आयुर्वेदिक औषधि वितरण गरेको हो ।

टोलीले सङ्क्रमितहरुलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै सम्पर्क गर्न आग्रह गरिएको पौडेलले बताए । सङ्क्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण गर्दा उनीहरुमा रोगलाई जित्ने आत्मबल बढ्ने पौडेलको भनाइ थियो ।

यसअघि पनि सङ्क्रमितहरुको घरमै गएर उनीहरुको नियमित स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको उनका भनाइ छ । गैँडाकोट–२ मा ८१ र ४ मा ७२ गरी दुई वटा वडामा मात्रै १५३ कोरोना सङ्क्रमित रहेका छन् । पछिल्लो चौबिस घण्टामा गैँडाकोटका २२ जनाले कोरोना जितेका छन् ।
रासस

वि.सं.२०७८ जेठ ३ सोमवार ११:२८ मा प्रकाशित

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...