back

माधव नेपालकाे राजनीति : आफ्नै समूहबाट पनि गुम्दै छ विश्वास

वि.सं.२०७८ जेठ ३ सोमवार

315 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं, बैशाख ३ । सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूह र विपक्षी दलका नेताहरूको विश्वास गुमाएका छन्। नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा पाँच महिना सहकार्य गरेका विपक्षी दलहरूका नेतासँगै पार्टीभित्र आफ्नै समूहका सांसदको विश्वास गुमाएका हुन्।

प्रतिगमनविरुद्धको आन्दोलनमा विपक्षी दलहरूसँग सहकार्य गर्दै आएका नेपालले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि त्यो विश्वास टिकाइरहन सकेनन्। प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई प्रतिगमनको संज्ञा दिँदै विपक्षी दलहरूले आन्दोलन गरेका थिए। त्यो आन्दोलनमा नेपालको पनि समर्थन थियो।

खासगरी राष्ट्रिय सभासदस्यको उपनिर्वाचनमा विपक्षी दलको सहयोगमा नेपाल समूहले उम्मेदवार बनाएको थियो। एमालेको नेपाल समूह, विपक्षी कांग्रेस, माओवादी र जसपाले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा वाग्मती प्रदेशबाट डा खिमलाल देवकोटालाई संयुक्त उम्मेदवार बनाएर मनोनयन दर्ता गराएका थिए।

प्रतिगमनविरुद्धको आन्दोलनमा विपक्षी दलहरूसँग सहकार्य गर्दै आएका नेपालले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि त्यो विश्वास टिकाइरहन सकेनन्। प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई प्रतिगमनको संज्ञा दिँदै विपक्षी दलहरूले आन्दोलन गरेका थिए। त्यो आन्दोलनमा नेपालको पनि समर्थन थियो।

कांग्रेस, माओवादी र एमाले नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदसहित हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले मनोनयन दर्ता गराए। मनोनयन दर्ताका लागि कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, माओवादी वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले साथ दिएका थिए। देवकोटाको उम्मेदवारीको प्रस्तावक माओवादीका जम्कट्टेल र समर्थक कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले थिए।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनले देवकोटालाई उम्मेदवार बनाएको थियो। एमाले ओली पक्षले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाएको छ। उनको उम्मेदवारीको प्रस्तावक वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक वाग्ममती प्रदेश सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्। एमालेका लागि कुन उम्मेदवार आधिकारिक भन्ने स्पष्ट भैसकेको छ।

पार्टी विवाद मिलाउने क्रममा ओली १० सदस्यीय कार्यदल बनाएर अघि बढेपछि थापा नै आधिकारिक उम्मेदवार भएको स्पष्ट छ। उम्मेदवारी दिने क्रममा नेपाल पक्षलाई साथ दिएका कांग्रेस र माओवादीले आफ्नो उम्मेदवारी पनि दिन पाएनन्। यही जेठ ६ गते हुने उपनिर्वाचनमा कांग्रेस र माओवादीका मतदाताले कसलाई मतदान गर्ने भन्ने समस्या परेको खबर आजकाे नागरिक दैनिकमा छ ।

वि.सं.२०७८ जेठ ३ सोमवार १४:५५ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...