जेठ ३, काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानको लागि गठित कार्यदलको बैठक अनिश्चित बनेको छ । पार्टी विवाद समाधान गर्न गठित कार्यदलका माधवकुमार नेपाल पक्षीय नेता भीम रावल बिरामी भएपछि बैठक अनिश्चित बनेको हो ।
बताइएअनुसार माधव पक्षका टोली संयोजक भीम रावलको आँखामा समस्या देखिएसँगै बैठक स्थगित गरिएको हो । उनी बैठक स्थगित गरेर अस्पताल गएका छन् ।
आइतबार गठित कार्यदललाई सुझाब दिन तीन दिने समयसीमा छुट्याईएको थियो । कार्यदलले तीन दिनभित्र विवाद समाधानको लागि ठोस प्रस्ताव तयार गर्नेछ ।
नेपाल पक्षले पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राखिरहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने नयाँ आधारमा सहमती खोज्नुपर्ने बताईरहेको छ । दुई पक्षबीच हाल जेठ २ कै आसपासबाट अगाडि बढ्ने सहमतीअनुसार कार्यदल निर्माण भएको हो ।
वि.सं.२०७८ जेठ ३ सोमवार १७:१७ मा प्रकाशित






























