back
CTIZAN AD

आज कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु, ९२४७ जना संक्रमित थपिए

वि.सं.२०७८ जेठ ३ सोमवार

810 

shares

२ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २१४ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार २१४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा गरिएको २१,६५६ पिसीआर र ४३४ ऐन्टिजेन गरी २२,०८७ नमुना परीक्षणमा ९२४७ जनामा संक्रमण पुष्टि भएको छ ।
आज भक्तपुरमा २९८, ललितपुरमा ४५४, काठमाडौंमा २३४६ गरी जम्मा ३०९८ संक्रमित थपिएका छन् । आज थपिएका ९,२४७ जनासँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी ५,७६७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५,७६७ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । हालसम्म निको हुनेको यो दर ७४.४ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा १२५९ जना र भेन्टिलेटरमा ४०० जना उपचाररत छन् । आइतबारको तुलनामा भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ६,९७० जना रहेका छन् भने होम आइसोलेशनमा रहनेको संख्या १ लाख ६ हजार ५१० रहेको छ । साथै हाल देशका विभिन्न जिल्लाका क्वारेन्टिनमा ७०८ जना रहेका छन् । केही दिनयता क्वारेन्टिनमा रहनेको संख्या बढेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २७ लाख ९२ हजार ६७३ नमुना परीक्षण गरिएको छ ।

वि.सं.२०७८ जेठ ३ सोमवार १७:३१ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...