back
CTIZAN AD

माधव पक्षले नै आफ्नो नभनेका खिमलाललाई भोट दिन माओवादीमा ह्वीप

वि.सं.२०७८ जेठ ३ सोमवार

693 

shares

जेठ ३, काठमाडौं । बागमती प्रदेशबाट राष्ट्रिय सभाका लागि गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटालाई नेकपा (माओवादी केन्द्र)ले मतदान गर्ने भएको छ । माओवादी केन्द्रका बागमती प्रदेश सह–इन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, प्रदेशसभाका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले सोमबार संयुक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्दै देवकोटालाई जिताउन आव्हान गरेका हुन् ।

राष्ट्रिय सभा निर्वाचनमा देवकोटाको प्रस्तावकमा माओवादी केन्द्र, समर्थकमा नेपाली कांग्रेस रहेको छ । तर, नेकपा (एमाले)का माधवकुमार नेपाल पक्षीय देवकोटालाई उनकै समूहले भने साथ नदिने देखिएको छ । माधव पक्षका नेता सुरेन्द्र पाण्डेले सार्वजनिक रुपमा देवकोटा आफ्नो उम्मेदवार नभएको बताएका थिए ।

जेठ ६ मा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा (एमाले) एकतिर र अन्य दल अर्को तिर छन् । नेकपा (एमाले)ले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललाई अगाडि सारेको छ ।

यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सभाका एमालेका उम्मेदवार रामबहादुर थापा बादल प्रतिगमनकारी तत्वको मतियार र गणतन्त्र तथा संघियता विरोधी भएको आरोप लगाएको छ । माओवादी केन्द्रले सार्वजनिक गरेको विज्ञप्तीमा उनको पक्षमा मतदान नगर्न आव्हान पनि गरिएको छ ।

No description available.

वि.सं.२०७८ जेठ ३ सोमवार १७:४६ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...