back
CTIZAN AD

काठमाडौँ बाहिर पनि खोप जाँदै, नहतारिन मन्त्रालयको आग्रह

वि.सं.२०७८ जेठ ३ सोमवार

759 

shares

३ जेठ, काठमाडौँ । सरकारले काठमाडौँ बाहिर पनि खोप लगिने भएकोले तत्काल नहतारिन आग्रह गरेको छ ।

पहिलो खोप काठमाण्डौमा लगाएर काठमाण्डौ बाहिर रहनुपरेका सयौ ब्यक्तिहरु दोस्रो खोपका लागी राजधानी आउने दबाब बढन थालेपछि सरकारले सो सम्बन्धमा सूचना नै निकालेको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सोमबार सूचना निकालेर अन्य ठाउँमा पनि खोप लगाउने व्यवस्था गरिने बताएको छ । मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ “काठमाडौँमा पहिलो मात्र लगाउनुभएको छ तर हाल विविध कारणले काठमाडौँबाहिर रहनु भएकालाई सरकारले दोस्रो मात्रा यथाशिघ्र व्यवस्थापन गर्नेछ । त्यसैले अनावश्यकरुपमा सवारी पास खोज्दै हिड्डुल नगर्न र अहिलेको निषेधाज्ञालाई मध्यनजर गर्दै जो जहाँ हुनुहुन्छ त्यहि बसिदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।”

सोमवार मात्रै झापा, चितवन लगायतका जिल्लाबाट दोस्रो खोप लगाउन भन्दै प्रशासन गुहारेर चीनमा पढने नेपाली विद्यार्थीहरु काठमाण्डौ आइसकेका छन् । चीन सरकारले यो भ्याक्सिन नलगाएका विद्यार्थीलाई आफ्नो देश प्रवेश नदिने भएका कारण पनि खासगरी विद्यार्थीहरु दोस्रो खोपका लागि प्रशासन गुहार्दै काठमाडौँ आउन बाध्य बनेका हुन् ।

सरकारले जेष्ठ २ गते आइबार देखि कोभिड १९ विरुद्धको चिनीया खोप भेरो सेल को दोस्रो मात्रा लगाउन सुरु गरेको छ । लकडाउनका कारण काठमाडौँ बाहिर रहेकाहरु दोस्रो खोप लगाउनबाट बन्चित हुने डरमा दबाव बढन थालेपछि स्वास्थ मन्त्रालयले आश्वस्त पारेको हो ।

 

झापाका सिडीओद्धारा चीन पढने विद्यार्थीलाई सहजकिरण

वि.सं.२०७८ जेठ ३ सोमवार १८:२३ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...