back
CTIZAN AD

प्रचण्डको नेतृत्वमा जुट्न गोपाल किराती तयार, सारे यी चार आधार

वि.सं.२०७८ जेठ ३ सोमवार

2.5K 

shares

३ जेठ, काठमाडौँ । माओवादी केन्द्रका नेता गोपाल किराँतीले प्रचण्डको नेतृत्वमा जुट्न तयार भएको बताएका छन् ।

सोमबार एक विज्ञप्ति निकाल्दै किरातीले ‘समाजवादी क्रान्तिको स्पष्ट खाका निर्माण गरि अघि बढ्न सहमत भए प्रचण्डको नेतृत्वमा जुट्न तयार भएको’ बताएका हुन् । उनले धु्रवीकरणका चार आधार समेत प्रस्तुत गरेका छन् ।

उनले  माओवादी तथा पूर्वमाओवादीहरूबीच महाध्रुवीकरणको व्यवहारिक अभ्यासमा उठ्न देशका माओवादी आन्दोलन सम्बद्व सबै कमरेडहरू एवं समर्थक जनसमुदायमा अपील समेत गरेका छन् ।

उनले भनेका छन् :

” समाजवादी क्रान्तिको स्पष्ट खाका निर्माण गरि अघि बढ्न सहमत भए क. प्रचण्डको नेतृत्वमा जुट्न हामी तयार छौं!
कोरोना प्रकोपको दोस्रो लहर फैलिएको भयानक परिस्थितिमा आम कार्यकर्ता र समर्थक जनसमुदायले माओवादी तथा पूर्व माओवादीहरुवीच महाध्रूवीकरणको चौतर्फी आवाज उठाएको देखिनुलाई सुखद मान्दै, त्यस भावनाको हार्दिक स्वागत गर्दै सामाजिक सञ्जाल माध्यम यो विज्ञप्ति जारी गरिएको छ।
१. विचारधारामा मार्क्सवाद-लेनिनवाद-माओवादको अडान तथा राजनीतिमा खड्गप्रसाद ओली प्रबृत्ति विरुद्वको कठोर विद्रोहभावमा कारण ०७४ मा हामीहरु छुट्टिएका हौं। प्रकारान्तरले प्रचण्डहरु नेकपा (माओवादी केन्द्र) मा पुन: आईपुग्नु भएको छ र फासिवादी ओली प्रबृत्ति विरुद्व जीवनमरणको संघर्ष गरिरहेको देख्न सकिन्छ। क. प्रचण्ड र हामीवीच ध्रूवीकरणको यो पहिलो आधार हो।
२. विध्यमान संघीय लोकतान्त्रीक गणतन्त्र महान जनयुद्व र जनआन्दोलनको मुख्य राजनीतिक उपलब्धी हो र ०७२ को संविधान उपलब्धी र कम्जोरीसहितको दस्तावेज हो, भन्ने कुरामा हामीहरु एक ठाउँमा छौ। लोकतान्त्रीक गणतन्त्रलाई श्रमिकवर्गको समाजवादी गणतन्त्रमा बदल्न विध्यमान संविधानको उपलब्धीको रक्षाप्रति केन्द्रीत रहँदै शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा पनि हामीहरु वस्तुत: एक ठाउँमा पुग्न सक्ने छौं।
३. यहाँ खाँचो समाजवादी क्रान्तिको स्पष्ट खाकाको हो, जसले नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रखर दिशाबोध गर्न सकियोस् र समाजवादी निर्वाचन प्रणालीका आधारमा श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माण गर्न सकियोस्।
समाजवाद किन भन्ने प्रश्नको जवाफ धेरैसंग होलान्। परन्तु, नेपालमा समाजवाद कसरी भन्ने प्रश्नको सैद्वान्तिक जवाफ विगत तीन बर्षमा हामीले असाध्ये परिश्रमको प्रतिफलस्वरुप आर्जन गरेका छौं। जुन, नेपाली कम्युनिस्ट आन्दोलनको पुँजी हो, जसलाई नेपालमा समाजवादी क्रान्तिका लागि नि:स्वार्थ योगदान गर्न हामीहरु अग्रसर छौं।
अन्तत: यसवीच हामीले विकास गरिएका ब्रम्हाण्डीय विचारधारा र एघार विशेषताको समाजवादी कार्यक्रमवारे पार्टी केन्द्रीय समितिमा वैचारिक मत दर्ज गरि आगामी राष्ट्रीय भेला, सम्मेलन अथवा महाधिवेशनमा औपचारिक वहश गर्दै जायज निश्कर्षमा पुग्ने सहमति गर्न सकिन्छ।
४. संगठनवारे दुई पक्ष बसेर सहजै टुङ्गोमा पुग्न सकिन्छ। हाम्रो विचारमा वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा मुख्यत: रुपान्तरणलाई केन्द्रमा राखेर हाम्रो तर्फबाट सिफारिस गरिने स्थिति प्रष्ट गर्दछौं।
सामाजिक सञ्जाल र फोन मार्फत सम्पर्क गरि सर्वप्रथम माओवादी तथा पूर्व माओवादीहरुवीच महाध्रूवीकरणको ब्यवहारिक अभ्यासमा उठ्न देशका माओवादी आन्दोलन सम्बद्व सबै कमरेडहरु एवं समर्थक जनसमुदायमा यसैसाथ जोड्दार अपील गर्दछौं।”
अन्त्यमा, श्रदेय कार्ल मार्क्सले भन्नू भयो-“अरु जे मन लाग्छ भन्दै गरून्, तिमी सरासर क्रान्तिको बाटो हिंड!
(गोपाल किराती)
३ जेठ ०७८

 

 

वि.सं.२०७८ जेठ ३ सोमवार १८:५३ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...