back
CTIZAN AD

अक्सिजनको अभावमा नागरिकलाई मृत्युवरणको अवस्था आउन नदिने अभियानमा प्रदेश सांसद हिरानाथ खतिवडा

वि.सं.२०७८ जेठ ४ मंगलवार

699 

shares

४ जेठ, नुवाकोट । पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीहरुको अत्याधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव हुँदा मुलुकभर अकालमै मृत्युवरण गर्नेहरुको संख्या उच्च छ । यस्तो संकटकाबीच अक्सिजन नपाएकै कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य लिएर बागमती प्रदेशसभाका सदस्य हिरानाथ खतिवडाले अक्सिजनको संकलन र सहयोग अभियान सुरु गरेका छन् ।

अभियानको थानलीस्वरुप पहिलोपटक जिल्ला त्रिशुली अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेका छन् । आफ्नै व्यक्तिगत लगानीमा खरिद गरिएको ६ हजार ८ सय लिटर अक्सिजनसहितको १० थान सिलिण्डर हस्तान्तरण गरेका हुन् ।

बिरामीहरुले अक्सिजनकै अभावमा मृत्युवरण गर्नु परिरहेको कहालिलाग्दो यस्तो महामारीमा आफ्नो दायित्व निर्वाहकै क्रममा पहिलो चरणको सहयोग स्वरुप अक्सिजन सहितको सिलिण्डर अस्पताललाई सहयोग गरिएको खतिवडाले जानकारी दिए । उनका अनुसार त्रिशुलि अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट दीपेन्द्र पाण्डेलाई हस्तान्तरण गरिएको थियो । आगामी दिनमा पनि अस्पताललाई आवश्यक अक्सिजनको आपुर्ति र अभावलाई पुरा गर्न निरन्तर सक्रिय रहिरहने आफ्नो पार्टीको पनि योजना रहेको नेकपा (माओवादी केन्द्र) नुवाकोटका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य खतिवडाले बताए ।

‘सम्भव हुनेजति सबैले आ–आफ्नो स्तरबाट सहयोग र पहलकदमी लिनुपर्ने बेला आएको छ’, अहिलेको यो कोरोना संकटको समयमा अक्सिजनको जोहो मात्रै गर्नसकेमा पनि संक्रमितलाई बाँच्ने अवसर मिल्नसक्ने भन्दै सांसद खतिवडाले स्वास्थ्य क्षेत्रलाई सहयोग पु¥याउन र संक्रमितहरुलाई उपचारको अभावकै कारण मर्न नदिन सबैसँग अपिल गरे । कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न खतिवडाले आग्रह गरेका छन् ।

यसैगरी, अखिल नेपाल महिला संगठन क्रान्तिकारी नुवाकोटका संयोजक कौशिला पुडासैनी र अखिल (क्रान्तिकारी) नुवाकोटको संयोजक बिनोद कोईरालाको नेतृत्वमा उपयोगविहिन भएर रहेका अक्जिनका खाली सिलिण्डरहरुको संकलन कार्यसमेत थालिएको छ ।
पछिल्लो समय नुवाकोट जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ९३ पुगेको छ भने पछिल्लो २४ घण्टामा जिल्लामा ४४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । ४४ जना कोरोनामुत्त भएसँगै जिल्लाका १३ सय ३८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

वि.सं.२०७८ जेठ ४ मंगलवार ०७:३६ मा प्रकाशित

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...