back
CTIZAN AD

राष्ट्रियसभा चुनावमा सहभागी हुने मतदाताले ७२ घण्टाभित्रको कोरोना रिपोर्ट देखाउनु पर्ने

वि.सं.२०७८ जेठ ४ मंगलवार

1.3K 

shares

४ जेठ, काठमाडौँ । वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा सहभागी हुने मतदातालले ७२ घण्टाभित्रको कोरोनाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ ।

जेठ ६ गते वाग्मती प्रदेशमा र जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा चुनावमा सहभागी हुने मतदातालाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको हो ।

पिसिआर रिपोर्ट अनुसार कोभिड संक्रमित नदेखिएका प्रदेशसभा सदस्यलाई मतदान केन्द्र ‘क’ मा, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र ‘ख’ मा र कोरोना सङ्क्रमण देखिएकालाई मतदान केन्द्र ‘ग’ मा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आयोगले कोभिड १९ महामारीको विद्यमान अवस्थामा सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न गराउन आवश्यक व्यस्था गर्नुपर्ने भएकाले राष्ट्रिय सभा सदस्य उपनिर्वाचिनलाई व्यवस्थित एवम् सुरक्षित रुपमा सम्पन्न गर्न १६ बुँदे ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड २०७८’ सम्बन्धी विशेष व्यवस्था गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०७८ जेठ ४ मंगलवार ०७:४८ मा प्रकाशित

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...