मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । पुरानो सम्झौता भंग हुन सक्छ । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ । अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ । तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ । आर्थिक गतिविधिले फाइदा दिनेछ । अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । व्यवसायमा मनग्य धनलाभ हुनेछ । तर, अरूको विषयमा चासो राख्दा दुःख पाइनेछ । बोलीको गलत अर्थ लाग्न सक्छ, विचार सम्प्रेषण गर्दा राम्ररी विचार पुर्याउनुहोला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन् । दिगो काममा फाइदा उठाउन सकिनेछ । तर आगन्तुकहरूबाट अलि सजग हुनुपर्ला । स्वास्थ्यमा केही बाधा हुने समय छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पनि काममा पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ । उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ । महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ । मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ । चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ । ईर्ष्यालु मन भएकाहरूले सताउनेछन् । अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ । तापनि लगनशीलताले बिस्तारै उद्देश्यमा पुर्याउन सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । पहिलेका समस्या दोहोरिनाले उत्साहपूर्वक काम गर्न नसकिएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला । सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ । आशा देखाउनेहरूको भरपर्दा व्यर्थैमा धोका पाइएला । खर्च बढ्नाले अर्थ अभाव पनि महसुस हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । तर आफन्तजनसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । व्यवसायको सन्दर्भमा यात्राको योग देखिए पनि मौसमी समस्याबाट जोगिन सजग रहनुहोला । मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ । प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । केही चुनौतीहरू देखिनेछन् । काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान् । चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन् । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा ढिलासुस्ती हुन सक्छ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला । सेवामूलक काम बीचैमा रोकिन सक्छ। तापनि, पशुपालन तथा कृषिबाट लाभ मिल्नेछ । परिस्थितिले काममा अलमल्याए पनि मिहिनेत गर्दा फाइदाको स्रोत पहिल्याउन सफल भइनेछ ।
२०७८ जेठ ४ गते, मंगलवार, (१८ मे २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा !
वि.सं.२०७८ जेठ ४ मंगलवार ०७:५१ मा प्रकाशित




























