४ जेठ, काठमाडौँ । कोभिड १९ को संक्रमण अबको केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन ईकाईले सोमबार सूचना जारी गर्दै अबको केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेकोले हामी सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्न अनुरोध गरेको हो ।
संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाको लुकिछिपी उल्लंघन भैरहेको, जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभईरहेको भन्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।
निषेधाज्ञको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमि भइरहेको जनाउँदै मन्त्रालयले सरकारको आदेशलाई कडाइपूर्वक पालना गराउन सम्बन्धित निकायहरुलाई निर्देशनसमेत दिएको छ ।
वि.सं.२०७८ जेठ ४ मंगलवार ०८:१४ मा प्रकाशित































