back

न्यूयोर्कमा मिस नेपाल नर्थ अमेरिकाको दर्ता सुरु, शृंखला खतिवडा प्रशिक्षक हुने

वि.सं.२०७८ जेठ ४ मंगलवार

285 

shares
GLOBAL IME AD
NTC AD

४ जेठ, अमेरिका । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी) २०२१ आगामी अगस्त १४, शनिबार, २०२१ को दिन आयोजना हुने भएको छ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।

प्रतियोगिताको नारा ‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै’ भन्ने राखिएको छ । प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरुले आवेदन पत्र भर्न सक्ने छन् भने दर्ता गर्ने अन्तिम समय जुन १५,२०२१ राखिएको छ ।

बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१-२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । अन्य थप जानकारी चरणबद्ध रुपमा अध्यावधिक गरिने आयोजकले बताएका छन् ।

सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिकामा न्यूयोर्ककी श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।

यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एलएलसीले गर्नेछ भने मिस नेपाल वर्ल्ड २०१८ कि नेपाल सुन्दरी शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउने छिन ।

११ बर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

वि.सं.२०७८ जेठ ४ मंगलवार ०८:२८ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...