back
CTIZAN AD

न्यूयोर्कमा मिस नेपाल नर्थ अमेरिकाको दर्ता सुरु, शृंखला खतिवडा प्रशिक्षक हुने

वि.सं.२०७८ जेठ ४ मंगलवार

552 

shares

४ जेठ, अमेरिका । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी) २०२१ आगामी अगस्त १४, शनिबार, २०२१ को दिन आयोजना हुने भएको छ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।

प्रतियोगिताको नारा ‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै’ भन्ने राखिएको छ । प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरुले आवेदन पत्र भर्न सक्ने छन् भने दर्ता गर्ने अन्तिम समय जुन १५,२०२१ राखिएको छ ।

बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१-२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । अन्य थप जानकारी चरणबद्ध रुपमा अध्यावधिक गरिने आयोजकले बताएका छन् ।

सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिकामा न्यूयोर्ककी श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।

यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एलएलसीले गर्नेछ भने मिस नेपाल वर्ल्ड २०१८ कि नेपाल सुन्दरी शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउने छिन ।

११ बर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

वि.सं.२०७८ जेठ ४ मंगलवार ०८:२८ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...