back
CTIZAN AD

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले अब एसएमएसबाटै शेयर बजारको जानकारी लिन सक्ने

वि.सं.२०७८ जेठ ४ मंगलवार

807 

shares

४ जेठ, काठमाडौ । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले अब एसएमएसबाटै शेयर बजारको जानकारी लिन सक्ने भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइट र विभिन्न समाचार माध्यमको विकल्पमा आफुले लिन चाहेको शेयरबजार सम्वन्धि जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सक्ने भएका हुन ।

शेयर बजारका लगानीकर्ता इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको अवस्थामा पनि शेयर सम्वन्धि जानकारी लिन सकिने गरी यो सेवा प्रदान गरिएको छ । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले *३१०५१*२# डायल गरी एसएमएस सेवा लिन सक्ने छन । एसएमएस सेवामा आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर लगायतको बारेको जानकारी तुरून्त प्राप्त गर्न सक्नु हुने छ । साथै कम्पनीका साधारण सभा, राइट शेयर, बोनस सेयर र लाभांशको बारेमा पनि तुरून्तै सूचना पाउन सकिने छ ।

वि.सं.२०७८ जेठ ४ मंगलवार ०८:३२ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...