एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिको संयुक्त आयोजनामा तत्काल अक्सिजन आपूर्ति सहयोग अभियानबाट सोमबार थप ३० थान रिफिल अक्सिजन सिलिन्डर पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत सहिद स्मृति अस्पताल चौपत्तालाई सहयोग गरेको छ ।
संघले परासीमा दुईसय थान रिफिल अक्सिजन सहयोग गर्ने योजना बनाएको छ । यसअघि साठी थान रिफिल अक्सिजन परासी अस्पताललाई हस्तान्तरण गरिसकेको छ ।
उक्त हस्तान्तरण कार्यको लागि सांसद देवेन्द्रराज कंडेलको संयोजन सहयोग र लायन्स क्लब बुटवल स्टार र लियो क्लब अफ रामग्रामको ब्यबस्थापन सहयोग रहेको थियो ।

एनआरएनए अफ्रिका क्षेत्रबाट बुटवल क्षेत्रमा अक्सिजन सिलिन्डर सहयोगको संयोजन गरिरहेका राष्ट्रिय समन्वय समिती कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले मंगलबार बिहान रजहरमा सहयोग हस्तान्तरण हुने र गुल्मी, पाल्पा र स्याङ्जाको सहयोगका लागि ब्यवस्थापन हुँदै गरेको जानकारी गराएका छन् ।
वि.सं.२०७८ जेठ ४ मंगलवार ०८:५८ मा प्रकाशित






























