गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले ‘शब्द चित्रमा कृष्णप्रकाश श्रेष्ठ’ स्मृती ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ ।
समितिले यस कार्यका लागि संयोजन गर्ने जिम्मेवारी क्यानडाका साहित्यकार सुरेन उप्रेतीलाई दिएको छ ।
श्रेष्ठसँग प्रवासमा वा घरदेशमा नजिकको सम्पर्कमा रहने तथा उनका मित्रहरुलाई उनको साथका स्मरणहरु लेखि प्रकाशानार्थका लागि जुन महिनाको अन्तिमसम्म पठाइदिन समेत समितिले अनुरोध गरेको छ ।
प्रवासमा बसेर नेपाली साहित्यको लेखन र रुसी भाषामा अनुबाद तथा नेपाली साहित्य र संस्कृतिको उत्थानमा अनवरत ६ दशकसम्म योगदान दिएका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ कोरोनाको बिश्वब्यापी कहरमा परि गत २९ मार्चमा मस्कोमा निधन भएको थियो ।

वि.सं.२०७८ जेठ ४ मंगलवार ०९:०७ मा प्रकाशित






























