back

फुटबाट जोगियो जसपा, महन्थ र उपेन्द्रबीच भयो ८ बुँदे सहमती (पत्रसहित)

वि.सं.२०७८ जेठ ४ मंगलवार

312 

shares
GLOBAL IME AD
NTC AD

जेठ ४, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ । जसपाका दुई अध्यक्षबीच सहमती भएसँगै यस्तो देखिएको हो ।

दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टी विवाद समाधान गर्न ८ बुँदे सहमती भएको छ । पार्टीभित्रको आन्तरिक संगठन व्यवस्थापनदेखि सरकारमा जाने वा नजाने विषयमा समेत दुई पक्षबीच सहमती भएको हो ।

८ बुँदे सहमतीअनुसार हालसम्मका विवाद पार्टीको विधि तथा विधानअनुसार खोज्ने सहमती भएको छ । साथै सरकारका विषयमा देखिएको विवादमाथि पनि पार्टीभित्र छलफल गरेर निर्णय लिने सहमती भएको छ ।

आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर आए नछाड्ने

दुई पक्षबीच तत्काल अन्यको नेतृत्वको बनेको सरकारमा सहभागी नहुने सहमती भएको छ । साथै दुई पक्षबीच प्रतिपक्षमा बस्ने पनि सहमती भएको छ ।

साथै दुई पक्षले आफ्नै नेतृत्वमा सरकार बनाउने अवसर आएको खण्डमा नछाड्ने पनि सहमती भएको छ ।

‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन्, जनता समाजवादी पार्टि नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ’, संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ ।’

वि.सं.२०७८ जेठ ४ मंगलवार १३:५८ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...