![रुपन्देहीमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु रुपन्देहीमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु](https://sansarnews.com/wp-content/uploads/2020/09/corona-1.jpg)
४ जेठ, काठमाडौं । रुपन्देहीमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार रुपन्देहीको सियारी ३ का २९ वर्षीय पुरुषको सोमबार साँझ आइसीयुमा उपचार गराउने क्रममा मृत्यु भएको छ । उनमा बैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै अर्घाखाँचीको खनदह ३ का ४३ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा मंगलबार दिउँसो १२ः०७ मा आइसीयुमा उपचारका क्रममा मृत्यु भएको हो ।
तिलोत्तमा २ का ७९ वर्षीय पुरुषको पनि सोमबार उपचारका क्रममा मृत्यु भएको छ । बैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार बेलुका ५ बजे मृत्यु भएको हो ।
त्यस्तै बुटवल उपमहानगरपालिका १२ का ४० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । जेठ १ गते कोरोना संक्रमण देखिएकी उनको सोमबार बेलुका ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यसैगरी बुटवल २ का ६० वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । जेठ १ गते कोरोना संक्रमण पुष्टि भइ २ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो १२ः३० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।
वि.सं.२०७८ जेठ ४ मंगलवार १३:५७ मा प्रकाशित