back

भारतमा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढेपनि मृत्युदर भने घटेन

वि.सं.२०७८ जेठ ४ मंगलवार

297 

shares
GLOBAL IME AD
NTC AD

४ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर घटिरहेको छ । भारतमा आइतबारको तुलनामा सोमबार झण्डै २० हजाले संक्रमित हुनेको संख्यामा कमी आएको हो ।

त्यसैगरी सोमबार ४ हजार ३३४ जनाको मृत्यु भएको छ । भारतमा संक्रमित हुनेको संख्यामा कमी आए पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ । समाचार एजेन्सीका अनुासार एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो ।

साथै सोहि अवधिमा ४ लाख २२ हजार जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । केहि दिनयता भारतमा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ ।
भारतमा हालसम्म २ करोड ५२ लाखमा कोरोना संक्रमण भएको छ । ती मध्ये २ करोड १५ लाख निको भइसकेका छन् । साथै हालसम्म २ लाख ७८ हजार ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी हाल ३३ लाख ४८ हजार जनाको उपचार भइरहेको छ ।

त्यस्तै महाराष्ट्रमा सोमबार २६ हजार ६१६ जना नयाँ संक्रमित थपिएका छन् । सोहि अवधिमा ४८ हजार २११ जना निको भएका छन् भने १ हजार जनाको मृत्यु भएको छ । महाराष्ट्रमा पनि मृत्यु हुनेको संख्यामा वृद्दि भएको छ ।

त्यस्तै दिल्लीमा सोमबार ४,५२४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा १० हजार ९१८ जना निको भएका छन् । साथै ३४० जनाको मृत्यु भएको छ ।

वि.सं.२०७८ जेठ ४ मंगलवार १४:३८ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...