back

एमाले कार्यदलको पहिलो बैठक, यस्ता छन् निर्णयहरु

वि.सं.२०७८ जेठ ४ मंगलवार

342 

shares
GLOBAL IME AD
NTC AD

जेठ ४, काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठक सकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यदलको कार्यक्षेत्र र कार्यविधि आचारसंहिता तुरुन्त लागु गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । उनका अनुसार समस्याहरुको समाधान गर्न कार्यदलले पार्टीपंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गरेको छ ।

‘पार्टीमा देखिएका समस्यलाई यथोचित रुपमा समाधान गर्दै पार्टीपंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सद्‌भावका लागि आग्रह गरेको छु’, रावलले भने, ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्ने र एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधिबाट अलग रहन पार्टीपंक्तिलाई हार्दिक आह्वान गर्ने निर्णय पनि गरेको छ।’

१० सदस्यीय कार्यदलको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई सदस्यहरु शंकर पोखरेल र विष्णु पौडेल भने उपस्थित थिएनन् । उनीहरुले अनुपस्थितिको कारण कार्यव्यवस्थतालाई देखाएका छन् ।

बैठक भोली पुनः बस्ने नेता रावलले जानकारी दिए ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतीअनुसार आइतबार विवाद समाधान कार्यदल गठन भएको थियो । कार्यदलले पार्टी विवादमा सुझाब दिन ३ दिनको समयसीमा पाएको छ ।

वि.सं.२०७८ जेठ ४ मंगलवार १७:५६ मा प्रकाशित

नेपाली र दक्षिण कोरियाली कविता वाचन

नेपाली र दक्षिण कोरियाली कविता वाचन

काठमाडौँ । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श...

अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश

अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश

काठमाडौँ । कानुन विपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा,...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक

मोरङ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा...

कुटपिटमा संलग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी

कुटपिटमा संलग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी

काठमाडौँ । चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न...