४ जेठ, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ-ते आँधीको प्रभाव नेपालमा बुधबारदेखि शुक्रबारसम्म रहन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले अरब सागरमा बनीरहेको ‘ताउ–ते’ आँधीका कारण नेपालका केही भागमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
विभागले दिएको जानकारी अनुसार कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक रदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना छ।
राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना रहेको बताइएको छ ।
अरव सागरमा बनीरहेको ‘ताउ-ते’ आँधीका कारण नेपालका गण्डकी, लुम्बिनी, प्रदेश १ र २ सहित देशका विभिन्न भागमा हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध । pic.twitter.com/BvLCGQUAcg
— NDRRMA (@NDRRMA_Nepal) May 18, 2021
वि.सं.२०७८ जेठ ४ मंगलवार १८:३९ मा प्रकाशित