back

माधव नेपालद्वारा खिमलाललाई नै समर्थन

वि.सं.२०७८ जेठ ४ मंगलवार

357 

shares
GLOBAL IME AD
NTC AD

४ जेठ, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा डा खिमलाल देवकोटा नै आफ्नो उम्मेदवार भएको स्पष्ट पारेका छन् ।

नेपालको सचिवालयले जनाए अनुसार नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभाका समेत उम्मेदवार बनेका गृहमन्त्री राम बहादुर थापा कोटेश्वर स्थित आफनो निवासमा आई राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा नेता नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पारेको छ ।

मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति नभएको जनाउँदै सचिवालयका मोहन गौतमले भनेका छन्  “त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’

स्मरण रहोस् नेकपा माओवादीले खिमलाललाई नै मतदान गर्न यसअघि नै ह्विप जारी गरिसकेको छ । जेठ ६ मा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार रहेका देवकोटाको प्रस्तावकमा माओवादी केन्द्र र समर्थकमा नेपाली कांग्रेस रहेको छ ।

माधव पक्षले नै आफ्नो नभनेका खिमलाललाई भोट दिन माओवादीमा ह्वीप

 

वि.सं.२०७८ जेठ ४ मंगलवार १९:४१ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

आज यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना !

काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली...

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

आज भीमा एकादशी, भगवान् विष्णुको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज...