५ जेठ, काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।कम्पनीको हाल एक अर्ब १२ लाख २३ हजार रूपैयाँ चुक्ता पूँजी रहेको छ । त्यसको ११ प्रतिशत अर्थात ११ करोड १ लाख ३४ हजार रूपैयाँ बराबरको बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रूपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको अगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
वि.सं.२०७८ जेठ ५ बुधवार ११:१० मा प्रकाशित