back

१ अर्ब भन्दा बढिको उर्जा ऋणपत्र जारी गर्दै एनएमबि बैंक

वि.सं.२०७८ जेठ ५ बुधवार

279 

shares

५ जेठ, काठमाडौँ । एनएमबि बैंकले जेठ ९ गतेदेखि १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३ नामको ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२ र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०७८ जेठ ५ बुधवार १२:०१ मा प्रकाशित

GLOBAL IME AD
सेयर बजार परिसूचक उच्च अङ्कले वृद्धि

सेयर बजार परिसूचक उच्च अङ्कले वृद्धि

काठमाडौँ । मङ्गलवार सेयर बजार परिसूचक (नेप्से) उच्च अङ्कले बढेको...

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार

नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव...

नेप्से परिसूचकमा सामान्य वृद्धि

नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक...