जेठ ५, काठमाडौं । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्व अदालत जाने भएका छन् । बुधबार बसेको विपक्षी दलहरुको बैठकले मुख्यमन्त्रीको नियुक्त असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादव र मुख्यमन्त्री शंकर पोखरेलविरुद्व अदालत जाने भएका हुन् ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो ।
दलहरुले बहुमत भए नभएको टुंगो नै नभई प्रदेश प्रमुखले पोखरेललाई नियुक्ती दिएको आरोप लगाउँदै आएका छन् ।
सम्बन्धित समाचार
बहुमत भएको नभएको स्पष्टै नभई प्रदेश प्रमुखद्धारा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती
लुम्बिनीमा एमालेको निर्देशनमा प्रदेश प्रमुखले बेइमानी गरेपछि…
वि.सं.२०७८ जेठ ५ बुधवार १८:०९ मा प्रकाशित