Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

खानेपानी व्यवस्थापन बोर्डमा चरम बेथिति : खाजाकै नाममा लाखौं खर्च !



६, जेठ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको लेखापरिक्षण गर्दा लेखापरिक्षकले लाखौं रुपैयाँ बराबरको खाजा खाने गरेको खुलासा भएको छ । संसारन्युजलाई प्राप्त सुचनाअनुसार आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ मा लेखापरिक्षण गर्दा पारिश्रमिक बाहेक लेखापरिक्षकले रु. ३ लाख ६२ हजार ३ सय बराबरको खाजा खाएको देखिएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा लेखापरिक्षण गर्दा बोर्डको कार्यालयले लेखापरिक्षकलाई १ लाख ९७ हजार २ सय २५ रुपैयाँ बराबरको खाजा खुवाउने काम गरेको छ । सन्सार न्युजलाई सुचना अधिकारी द्वारा प्राप्त सुचना अनुसार कति जना लेखापरिक्षकले कति दिनमा उक्त रकम बराबरको के खाजा खाए भन्ने खुलाइएको छैन् ।

त्यस्तै आर्थिक वर्ष ०७६/०७७ मा बोर्डको लेखापरिक्षण गर्दा लेखापरिक्षकले १ लाख ६५ हजार ७५ हजार रुपैयाँ बराबरको खाजा खाएको प्राप्त सुचनामा उल्लेख गरिएको छ । उक्त आ.व.मा लेखापरिक्षकलाई खुवाएको खाजा खर्चको बिल बोर्डले ८ पटक भुक्तानी गरेको सुचनामा उल्लेख गरिएको छ । जसमा लेखापरिक्षकले के खाजा खाए भन्ने बारे भने खुलाइएको छैन् ।

टेण्डर, पदपुर्ति र बोर्ड बैठकमा पनि लाखौंको खाजा

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले टेण्डर, पदपुर्ति र बोर्ड बैठकमा पनि वार्षिक रुपमा लाखौं रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । सन्सार न्युजलाई प्राप्त सुचना अनुसार बोर्डले टेण्डर, पदपुर्ति र बोर्ड बैठकमा भत्ता बाहेक खाजा बापत आर्थिक वर्ष ०७५/०७६ मा ३ लाख १५ हजार ३ सय ६५ रुपैयाँ र ०७६/०७७ मा १ लाख ९१ हजार ७ सय ९६ रुपैयाँ खर्च गरेको छ ।

बोर्डले आर्थिक वर्ष ०७६/०७७ मा टेण्डर, पदपुर्ति, बोर्ड बैठक र लेखापरिक्षकलाई खुवाएको खाजा खर्चको भुक्तानी विवरण निम्नअनुसार रहेको छ :

No description available.

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको नियमावली, २०६४ मा बोर्डले मान्यता प्राप्त लेखापरिक्षक मध्येबाट आन्तरिक लेखापरिक्षक नियुक्ति गर्न सक्ने उल्लेख गरेको छ । नियमावली अनुसार त्यसरी नियुुक्ति गरिएको लेखापरिक्षकको पारिश्रमिक पनि सामितिले तोके बमोजिम हुन्छ । तर नियमावलीमा लेखापरिक्षकले पारिश्रमिक बाहेक लेखापरिक्षणको क्रममा कति बराबरको खाजा खान पाउने भन्ने उल्लेख गरिएको छैन् ।

के भन्छन् बोर्डका पदाधिकारी ?

बोर्डका बरिष्ठ प्रशासकिय अधिकृत तथा सुचना अधिकारी उदयबहादुर केसीले लेखा परिक्षण गर्ने कर्मचारीले काम गर्ने शिलशिलामा दैनिक रुपमा खाएको खाजाको खर्च त्यति आउनु अस्वभाविक नभएको बताए । लेखा परिक्षकको ३/४ जनाको टिमले महिनौं सम्म काम गर्दा त्यति खर्च आउनु अहिलेको महंगिमा ठिकै रहेको आफहरुले जे हो त्यहि नै सुचनामा उपलब्ध गराएको उनले बताए ।

सरकारी लेखापरिक्षणको आचारसंहिता २०७० अनुसार कुनै पनि लेखापरिक्षकले आफुले लेखापरिक्षण गर्ने निकाय वा सरोकारवाला सँग कुनै पनि उपहार, दान, दातव्य र गैर कानुनी किसिमको लाभ प्राप्त गर्नु वा गराउनु हुँदैन ।

काठमाडौं उपत्यकामा खानेपानीको दिर्घकालिन व्यवस्थापन गर्ने उदेश्यले खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको स्थापना गरिएको हो । उक्त ऐन अनुसार काठमाडौं उपत्यका भित्र नगरपालिकाहरुको तर्फबाट सञ्चालित खानेपानी तथा सरसफाइका कार्यक्रम बोर्डको कार्यक्षेत्र भित्र पर्नेछ । साथै उक्त ऐन अनुसार अहिले काम भइरहेको बहुप्रतिक्षित मेलम्ची आयोजना सम्पन्न भएपछिको एक वर्ष भित्रमा त्यसको सम्पुर्ण व्यवस्थापनको जिम्मेवारी बोर्डमा हस्तान्तरण गरिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना