back

स्वास्थ्यकर्मीसहित सङ्क्रमित भेट्न जनप्रतिनिधी घरघरमा

वि.सं.२०७८ जेठ ७ शुक्रवार

309 

shares

७ जेठ, तनहुँ । जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो ।

घरदैलो अभियानमा सामान्य औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं ३ रामकोटका १८ र वडा नं ५ याम्पाका नौ गरी २७ सङ्क्रमितलाई भेटघाट गरी सान्त्वना दिनुको साथै सुरक्षित भएर रहन आग्रह गरिएको उनले बताए । रामकोटमा बाक्लो बस्ती भएका कारण सुरक्षित हुन कठिनाई देखिएकाले सचेत गराउनको लागि पनि स्वास्थ्यकर्मीको सहित गएको हो ।

रामकोट क्षेत्रमा घरहरू जोडेर बनाइएको छ । यहाँ १०० बढी मगर समुदायको बाक्लो बस्ती छ । सङ्क्रमित भई होम आइसोलेशनमा रहेकाको आत्मबल बढाउनका लागि पनि घरघरमा पुगिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । सङ्क्रमित भई आइसोलेशनमा बस्दाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड तथा आहारबिहारलगायत विषयमा सचेत गराइएको उनले जानकारी दिएका छन । घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा सङ्क्रमितहरू खुशी भएका छन् ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार ०७:४३ मा प्रकाशित

GLOBAL IME AD
उद्योगधन्दा बन्द हुने अवस्था आउन दिइन्न : प्रधानमन्त्री ओली

उद्योगधन्दा बन्द हुने अवस्था आउन दिइन्न : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै...

नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार

नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार

काठमाडौँ । नेपाली सेनाले जाजगरकोटमा आज भएको सडक दुर्घटनाका घाइतेलाई...

तीन सय ५६ ग्राम सुनसहित भारती नागरिक पक्राउ

तीन सय ५६ ग्राम सुनसहित भारती नागरिक पक्राउ

काठमाडौँ । तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले...

चीन र भारत जोड्ने चराङ्खोलामा मोटरेबल पुल निर्माण

चीन र भारत जोड्ने चराङ्खोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर,...

‘समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी’

‘समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी’

धरान (सुनसरी) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा...

अष्ट्रेलियामा ‘नेपाल महोत्सव’ हुँदै, नेपाली खानाको प्रदर्शन

अष्ट्रेलियामा ‘नेपाल महोत्सव’ हुँदै, नेपाली खानाको प्रदर्शन

काठमाडौँ । आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव...