back

सिंहदरबारमा विपक्षी गठबन्धनको भेला, देउवाको नाममा बहुमत जुटाउने प्रयास

वि.सं.२०७८ जेठ ७ शुक्रवार

249 

shares

जेठ ७, काठमाडौं । विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्रै बहुमत सरकार गठनको दाबी पेश गर्ने भएका छन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलका आधारमा दलहरु बहुमत पुर्याउने प्रयासमा जुटेका हुन् । दलहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने सहमती गरेका थिए ।

अहिले सिंहदरबारमा दलहरुबीच दोस्रो चरणको छलफल चलिरहेको छ । छलफलमा नेकपा (एमाले)को माधवकुमार नेपाल समूह पनि सहभागी छ । यसअघि माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला बसेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन् । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्ने जुनसुकै सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्छ । तर, बहुमत जुटाउने आधारमा राष्ट्रपति स्पष्ट हुनुपर्नेछ ।

विपक्षी गठबन्धनले कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र माधवकुमार नेपाल समूहको मतसहित दाबी पेश गर्ने तयारी गरेको छ ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार १५:३५ मा प्रकाशित

GLOBAL IME AD
कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास

कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास

बाकु (अजरबैजन) । आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

उद्योगधन्दा बन्द हुने अवस्था आउन दिइन्न : प्रधानमन्त्री ओली

उद्योगधन्दा बन्द हुने अवस्था आउन दिइन्न : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै...

नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार

नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार

काठमाडौँ । नेपाली सेनाले जाजगरकोटमा आज भएको सडक दुर्घटनाका घाइतेलाई...

तीन सय ५६ ग्राम सुनसहित भारती नागरिक पक्राउ

तीन सय ५६ ग्राम सुनसहित भारती नागरिक पक्राउ

काठमाडौँ । तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले...

चीन र भारत जोड्ने चराङ्खोलामा मोटरेबल पुल निर्माण

चीन र भारत जोड्ने चराङ्खोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर,...

‘समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी’

‘समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी’

धरान (सुनसरी) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा...