निर्मोहीले लाएछ मलाई मोहनी पनि ।
प्रेमपूर्वक गर्यो उसले दुस्मनी पनि ।
मैले कर्जा चुक्ता गर्न नसकेर नै आज
बिरानो भएको हो आफ्नै आँगनी पनि ।
किन गर्छौ व्यर्थै घमण्ड, ए साहू बा !
एकदिन मर्नै छ गरिब पनि, धनी पनि ।
‘तिमी मुटु हौं’ भन्थ्यौँ, टुक्राएर आज मुटु
अन्तै गरेछौं जीवनको थालनी पनि ।
चोट दियौं, पीडा दियौं प्रभु म धन्य भएँ
अब लेख्छु पढ्न लायकको जीवनी पनि ।
वि.सं.२०७८ जेठ ८ शनिवार ०७:०१ मा प्रकाशित