८ जेठ, काठमाडौँ । सरकारको संसद विघटनको निर्णय विरुद्धले संसद विघटन विरुद्ध विपक्षी गठबन्धनले कानुनी लडाइँ लड्ने तयारी गरेका छन् ।
सरकारले संसद विघटन गरेपछिको परिस्थिति तथा कानुनी उपचार बारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको बैठक बस्दै छ ।
केही बेरमै संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता रहने बताइएको छ ।
यसअघि बिहान बसेको नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम लोकतन्त्रविरुद्ध षडयन्त्र भएको निष्कर्षका साथ त्यसविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरिसकेको छ।
संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन हुन नसकेको भन्दै शुक्रबार मध्य रातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी थिइन । उक्त कदमको विपक्षी दलहरुले संविधान सक्ने खेल भन्दै प्रतिवादमा जाने चेतावनी दिएका छन् ।
File Pic
वि.सं.२०७८ जेठ ८ शनिवार ११:३९ मा प्रकाशित