१३ जेठ, काठमाडौँ । एनएमबि बैंकले आज जेठ ९ गतेदेखि निष्काशन गरेको एनएमबि उर्जा ऋणपत्रमा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र बिक्री गरेको थियो ।
बैंकले डेढ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ९ लाख कित्ता नितिजा तबरबाट र ६ लाख कित्ता सर्वसाधारको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ६ लाख कित्ता मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।
आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।।
वि.सं.२०७८ जेठ १३ बिहीवार ११:२९ मा प्रकाशित