back

गणतन्त्र दिवशको अवसरमा अध्यक्ष गैरे द्वारा स्वास्थ्य सामाग्री वितरण

वि.सं.२०७८ जेठ १५ शनिवार

582 

shares

१५, जेठ, २०७८ स्याङ्जा । नेकपा (एमाले) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे ‘पारस’ ले गणतन्त्र दिवशको अवसरमा कोरोना अस्पताल र संक्रमितहरुलाई लक्षित गरेर स्वास्थ्य सामाग्री वितरण गरेका छन् । स्याङ्जाको गल्याङ, चापाकोट, कालीगण्डकी, वालिङ र भिरकोटमा करिब ४ लाख रुपैयाँ भन्दा बढीको औषधी र स्वास्थ्य सामाग्री वितरण गरेको अध्यक्ष गैरेले बताए ।

उनका अनुसार गल्याङ, चापाकोट र कालीगण्डकीमा कोरोना संक्रमित भएका ३ सय जना विमारीहरुलाई आधारभुत औषधी घरमै लगेर बाँड्ने व्यवस्था मिलाएका छन् । जसमा संक्रमितहरुलाई १० दिनको डोज मात्रा पुग्नगरि भिटामिन सि, भिटामिन डि, मल्टिभिटामिन, जिंक चक्की र सिटामोल उपलब्ध गराइएको छ । त्यस्तै सोहि प्रकारको औषधी भिरकोट नगरपालिकामा ५० जना संक्रमित विमारीलाई बाँड्ने व्यवस्था मिलाइएको छ ।

गैरेले गल्याङ र कालीगण्डकीको अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने अवस्था भएका विमारीहरुलाई लक्षित गरेर डेक्सोना इन्जेक्सन, पारासिटामोल इन्फुजेन इन्जेक्सन १र१ सय सेट, मास्क, र सेनिटाइजर प्रसस्त मात्रामा प्रदान गरेका छन् । त्यस्तै उनले जिल्लामा रहेका ४ वटा एम्बुलेन्स चालक, कोरोना संक्रमितको उपचार र लाश व्यवस्थापनमा खटिने वालिङ दुई युवा, पार्टी कमिटी र भिरकोटका युवाहरुलाई समेत सेनिटाइजर, मास्क थर्मगन र पिपिई सेट प्रदान गरेका छन् , भने गल्याङ प्रहरी चौकीलाई पिपिई सेट, मास्क, थर्मगन हस्तान्तरण गरेका छन् ।

स्याङ्जामा कोरोना संक्रमितहरुलाई लक्षित गरेर व्याक्तिगत रुपमा यति धेरै रकम बराबरको औषधी र स्वास्थ्य सामाग्री वितरण गरिएको यो पहिलो उदाहरण हो । राजनीतिका अलावा सामाजिक क्षेत्रमा समेत सक्रिय हुँदै आएका गैरेले गतबर्ष कोरोना महामारीको पहिलो महामारीमा पनि निम्न बर्गलाई लक्षित गरेर लाखौं रुपैयाँ बराबरको खाद्दान्न सामाग्री साथै जापानमा रहेकी आफ्नि श्रीमती बिनु गैरेको सहयोगमा भाइरस डिफेण्डर लगायतका स्वास्थ सामाग्री समेत वितरण गरेका थिए ।

वि.सं.२०७८ जेठ १५ शनिवार १५:०८ मा प्रकाशित

GLOBAL IME AD
बेमौसमी वर्षात्ले पर्वतमा धानबालीमा क्षति

बेमौसमी वर्षात्ले पर्वतमा धानबालीमा क्षति

पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका...

देउसीभैलोमा रमाए विदेशी पर्यटक

देउसीभैलोमा रमाए विदेशी पर्यटक

म्याग्दी । जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु...

कफीखेतीमा कृषक आकर्षित

कफीखेतीमा कृषक आकर्षित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ लिलाचोकमा कफीको नर्सरी स्थापना...

कोरला नाकामा खानेपानी र शौचालयको अभाव

कोरला नाकामा खानेपानी र शौचालयको अभाव

म्याग्दी । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको...

पहिलोपटकमै एक लाखको फूल बिक्री

पहिलोपटकमै एक लाखको फूल बिक्री

दमौली (तनहुँ) । जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित...

लोप हुँदै मखमली फूल

लोप हुँदै मखमली फूल

गलेश्वर (म्याग्दी) । जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप...