back

नेपाली गणतन्त्रको भविष्य

वि.सं.२०७८ जेठ १५ शनिवार

1K 

shares

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र सबै हो र पनि सोचे जस्तो  हुँदो रहेनछ भन्ने बुझ्न नेपालीलाई धेरै समय पर्खनु परेन। २००७ मा राणा शासन पछि प्राप्त  प्रजातन्त्र २०१७ मा निमोठियो। अन्तमा २०१४ सालको संबिधानको जरा नै उखलेर २०१९ मा  नयाँ संबिधान आयो। २०४७ को प्रजातन्त्रको उपलब्धीले २०६१ मा त्यहि नियती  भोग्यो।  सात राजनैतिक दल र १० वर्षे माओबादी आन्दोलनको राजनैतिक सम्झौताको रुपमा २०६३ मा अन्तरिम संबिधान र गणतन्त्र नेपालले पायो। द्वन्द समाप्त भएकोमा नेपालीहरु खुसी बने। छिमेकीदेखि शक्ति केन्द्र सबैले त्यो सम्झौतालाई समर्थन गरे। र, हामी गणतान्त्रिक नेपालका सार्वभौम नागरिक बन्यौं।

२०६५ को पहिलो संबिधान सभाको चुनाबबाट बनेको व्यबस्थापिका संसदले अन्तरिम संबिधान अनुसारको घोषणालाई ठिक ठहरायो। २०७२ को नयाँ संबिधानले लोकतन्त्र, गणतन्त्र र संघियतालाई संबिधान मै लिपिबद्ध गर्‍यो।  र, २०७८ मा गणतन्त्र दिवस कै दिन चार पूर्व प्रधानन्यायाधीशहरुले संविधान नै समाप्त हुने जोखिम बढेको निष्कर्षमा पुगेको बक्तब्य जारी गरे। आखिर किन र कसरी ? संसारको कान्छो गणतन्त्र पाको र बलियो नबनी कमजोर किन बन्दै छ ?

राज्य कसरी असफल हुन्छन् भन्ने किताबमा निष्कर्ष निकाले जस्तै हाम्रो समाजबाद उन्मुख गणतन्त्र अराजनैतिक पद्धति र स्वार्थ केन्द्रित नीतिका कारण लुलो र कमजोर बन्दै छ।  यसमा जनताको कुनै पनि कमजोरी नभै राजनैतिक पार्टी र सरकारको नीतिको कारण नै नेपालको प्रजातन्त्रले ग्रीसेली सिसिफसको नियती भोग्दै छ। यो दुखद राजनैतिक पक्षको हामी पात्र बन्दै छौं।  वर्तमानको रोग ब्याधीको समयामा लासहरुले समेत जल्न पालो पर्खनु पर्ने बेला  घटेका राजनैतिक  घटना र प्रति घटनाले गणतन्त्रलाई तारे भिरको डिलमा पुराएको छ।

प्रजातन्त्रको सुन्दर पक्ष आवधिक चुनाब नै  हो ।  तर सबै प्रकारका चुनाबले प्रजातन्त्रलाई बलियो बनाउँदैन। २०६१ पछिको ज्ञानेंद्रको चुनाबले उनलाई झन् कमजोर बनाएको थियो।  ठिक समयमा हुने चुनाबले मात्र राजनैतिक स्थिरताको मापन गर्दछ।  अहिलेको समयमा भोटका लागि बाकस थाप्नु, र  मत माग्नले सरकारको सफलताको परिचय दिदैन  ।  साधारण जनतादेखि सुत्केरीहरु अक्सिजन नपाएर मरेको डाक्टर, नर्स र आफन्तले टुलुटुलु हेरेका छन्। हामीहरु नसुन्नु पर्ने समाचार  सुनेका छौं र नदेख्नु पर्ने घटनाको अनिक्षित साछी  भएका छौं  । यस्तो  बिरक्तित अवस्थामा चुनाब हुन्छ र गणतन्त्र बलियो हुन्छ भनेर कसरी बिश्वस्त हुन सक्छौं ?

दोश्रो विश्व युद्धपछि शक्तिको केन्द्र एटलान्टिक महासागर बन्यो।पानामा क्यानेल युरोपेली शक्तिलाई अमेरिकासङ्ग जोड्न सन् १९०४ मा बनेको थियो।  अमेरिकाले पछि यसलाई भरपुर प्रयोग गरेर शक्तिमा टिकी रह्यो। पहिलो विश्व युद्धदेखि राजनैतिक रुपमा फरक कित्तामा उभिएका युराेपेली देश र तत्कालिन सोभियत रुसको कित्ता बन्दी १९४५ पछि अमेरिका र रुसमा परिवर्तन भयो।  त्यो बेला शक्तिका केन्द्र वाशिङ्ग्टन र मस्को नेपालबाट क्रमश १२, ७२५ र ४७५५  किलोमिटरको दुरीमा थिए।  तर पनि नेपालको परराष्ट्र नीति भनाइ र गराईमा असंलग्न नै थियो। असंलग्न आन्दोलनको समूहमा चिनिएको नेपाल १९७५ मा शान्ति क्षेत्र प्रस्तावको  माध्यमबाट विश्व रंगमंचमा अगाडी बढेको प्रष्टै छ।

एक्काइसौं शताब्दीको शुरुदेखि शक्तिको केन्द्रमा उदाएका बेइजिङ्ग र दिल्ली हामीबाट टाढा छैनन्। ६८६ किलोमिटरको दुरीमा दिल्ली र ३२१० किलोमिटरको दुरीमा बेइजिङ्ग रहेका छन्। दक्षिण एशियामा नयाँ शक्ति केन्द्रको उदयसंगै नेपालले २०६३ पछि छुट्टै पहिचान बनाएको छ। र, त्यसलाई सन्तुलित नीतिद्वारा टिकाएर हिडाल्नु सबैभन्दा श्रेयस्कर ठहर्छ।

नयाँ संबिधान घोषणा भएपछि नेपाल सबैभन्दा कठिन अवस्थामा छ।  यो बिकराल अवस्था १९७० को दशक कै समस्या जस्तै बनेको कुरा सरकार, राजनैतिक पार्टी र नेताहरुले बुझ्न ढिला गर्नु हुँदैन।  राजनैतिक पार्टीहरुमा २०६५ पछि देखिएको सबै भन्दा ठूलो र गहिरो राजनैतिक संकटको अनुभूति हामीले गरेका छौं।  भारतीय पत्रिका “द हिन्दु”ले यहि कुराको निष्कर्ष निकालेको छ।  कारणहरुमा पुषदेखि जेठसम्म भएका संसद बिघटनकै कारण जनप्रतिनिधि सभाको शुन्य गतिबिधि र अदालतका अगाडी पार्टी बनाउनेदेखि सरकार बनाउने पटके बहस र प्रतिबहसले नेपाललाई कमजोर बनाएको देखिन्छ।  यो शक्ति संघर्षको पटकथा राष्ट्रिय मात्र नभै राष्ट्रिय -अन्तराष्ट्रिय गोटीचाल भएको भारतीयको आंकलन छ।

भारतीय संस्थापन सहित हिन्दुवादी संगठनहरु नेपालको परिवर्तनको मुद्दामा  फरक कित्ता वा ढुलमुले देखिएको कुरा हाम्रा पार्टीहरुले समयामा नबुझ्नु निकै दुखद छ।  यदि बुझेकै थिए भने कामको सोंच, बोलाइ र गराइमा किन भिन्नता देखिएन यो सोचनिय पक्ष हो।  नेपालका लागि भारतीय पुर्व राजदुत राकेश सुददेखि रंजित रे र लेखक एस.डी.मुनीले त्यस्तै निष्कर्ष निकाल्दा भारतका लागि नेपाली पुर्व राजदूतहरुको मसी बन्द हुनु निकै दुखद छ।  राज्यले त्यत्रो लगानी गरेर बनाएका दुतहरु मार्फत नेपाल बुझ्ने नसक्ने तर नेपाल बुझ्न भारतीय नै खोज्नु पर्ने हाम्रो पुरानो नियती फेरी यो पटक पनि दोहोरिएरै छोड्यो । र त नेपाल संबिधानमा सार्वभौम भनिए पनि देश हुन नसकेको अवस्थामा हामी रहेको प्रष्टै देखियो ।

नेपालको अस्थिरतासङ्ग छिमेकीदेखि युरोपेली र अमेरिकाको चासो रहन्छ।  आन्तरिक रुपमा हामी जति कमजोर हुन्छौं त्यति नेपालमा बाह्य शक्ति बलियो हुन्छन। उनीहरुका आ-आफ्नै स्वार्थ र निजी चासो पटके पिच्छे बढ्ने गर्छन।  चीनको एशिया हुँदै युरोप जोड्ने परियोजना देखि भारतीयको पानी र प्राकृतिक श्रोत माथिको दवाब परस्पर बिरोधी भएर आउने देखिन्छ ।  अमेरिकाको हिन्द-प्रशान्तीय रणनीतिदेखि युरोपेलीको मानव अधिकारको नाममा हुने अभियान एकै चोटी आउँदा नेपाल कुन अवस्थामा हुन्छ र रहन्छ भन्ने किन सोच्दैनौं हामीहरु।

गणतन्त्रमा पद्धति बलियो र जनमुखी हुनुपर्छ। शिक्षा -स्वास्थ्यका लागि सबै भन्दा बढि शुल्क गरिब नेपालीले तिर्नु परेको छ -यसको अन्त्य कहिले हुने भन्ने विषयमा दलहरु योजना बिहिन हुनुहुदैन। सडकमा गुड्ने करोडौंका गाडीले किर्तिपुरको सडकमा खान नपाएर मरेको श्रमिकलाई खिसिट्युरी गरेको नेताहरुले बुझ्नु पर्छ । अस्पतालमा अक्सिजन नपाएर बच्चा सहित मरेकी निर्दोष आमाको परिवारले हुने खानेहरुको ठाँटिलो जीवन शैली बारे के सोचेका होलान भन्ने कुरा बेलैमा बुझ्न जरुरी छ।

परिवर्तनका लागि ठुलो संख्यामा साधरण र हुँदा खानेहरुले जीवन उत्सर्ग गरेका थिए।  २०७८ देखि नेपालको गणतन्त्रलाई पाको र भरिलो बनाउन पार्टीका नेताहरुको सोंच, जीवन शैली कार्यक्रममा परिवर्तन हुनु आबश्यक छ। अन्यथा नेपालको राजनैतिक प्रणालीले २०१७ र २०६१ नियती भोग्दैन भन्ने आधारहरु निकै कम्जोर देखिन्छन।  यो समस्याबाट देशलाई निकाल्न सरकार र दलहरुको आपसी वार्ताबाट अगाडी बढेर आगामी यात्रा तय गर्नु नै बुद्धिमत्तापूर्ण कार्य सावित हुनेछ। गणतन्त्रमा सरकार, संबैधानिक संस्था, र पार्टीहरुले जनताको जीवन स्तर कसरी सुधार्ने भन्ने कुरामा ध्यान दिए मात्र कान्छो गणतन्त्र पाको र बलियो बनेको अनुभूती सर्वसाधारणले गर्नेछन । अनि मात्र राजनैतिक प्रणाली र जनता बीचको सम्बन्ध बलियो बन्नेछ।

लेखक त्रिविविमा प्राध्यापनरत छन् ।

वि.सं.२०७८ जेठ १५ शनिवार १८:१६ मा प्रकाशित

GLOBAL IME AD
कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

शोभाकर पराजुली, काठमाडौँ । भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो ।...

समग्र सुखका लागि अष्ट-लक्ष्मीको साधना

समग्र सुखका लागि अष्ट-लक्ष्मीको साधना

काठमाडौँ । ॐ ह्रीम क्लिम श्री लक्ष्मीभ्यो नमः लक्ष्मी वैदिक...

अर्थतन्त्रमा उज्यालोको किरण

अर्थतन्त्रमा उज्यालोको किरण

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको भदौ मसान्तसम्मको देशको...

चलचित्र जस्तै बन्यो नेपाल र भारतबीचको फुटबल

चलचित्र जस्तै बन्यो नेपाल र भारतबीचको फुटबल

काठमाडौँ । विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त...

प्राकृतिक फूलको सांस्कृतिक सौन्दर्यता 

प्राकृतिक फूलको सांस्कृतिक सौन्दर्यता 

काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो महान् पर्वका रूपमा तिहारलाई लिने...

सोसल मिडिया, प्रविधिमा युवा पुस्ता

सोसल मिडिया, प्रविधिमा युवा पुस्ता

प्रविधिको विकाससँगै भइरहेको नयाँ नयाँ प्रयोगले सोसल मिडियाप्रति युवा पुस्ताको...