Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

नौ वर्षपछि ‘सिटी हल’ निर्माणको बाटो खुल्यो



२७ माघ,गोरखा । गोरखाको नयाँ बजारस्थित बसपार्कलाई अन्यत्र सारेर त्यहाँ सभाहल (सिटीहल) निर्माण गरिने भएको छ ।

जग्गाको टुङ्गो नलाग्दा विगत नौ वर्षदेखि हल निर्माण हुन सकेको थिएन । सरोकारवालाको बैठकले बसपार्कलाई डन्डकीडाँडामा सारेर सो ठाउँमा सभाहल बनाउने टुङ्गो लगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । सभाहल बनाउन चालु आवमा रु एक करोड बजेट आएको छ ।

“नगरपालिकाको स्वामित्वभित्रको जग्गा खोजी गरिरहेका थियौँ । ०६४ सालदेखि बर्सेनि बजेट आए पनि जग्गा पहिचान हुन नसक्दा हल निर्माण भएको थिएन” शर्माले भन्नुभयो, “बसपार्कलाई बजारभन्दा एक किलोमिटर टाढा सारेर बसपार्कमा सिटी हल बनाउने निर्णय भएको हो ।” जिल्लास्थित भवन निर्माण डिभिजन कार्यालयमार्फत बजेट आएको हो ।

बर्सेनि बजेट पठाए पनि खर्च नगरी फ्रिज भएको भन्दै भवन निर्माण विभागले यस पटक जग्गाको अन्तिम टुङ्गो नलागे बजेट अन्यत्रै रकमान्तर गर्ने चेतावनी दिएपछि सरोकारवालाले जग्गा खोजी गरेका हुन् ।

राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, गोरखा उद्योग वाणिज्य सङ्घ, जिल्लास्थित सरकारी विषयगत कार्यालयका प्रमुखको बैठकले सिटी हल निर्माण गर्न जग्गाको अन्तिम टुङ्गो हालै लगाएको हो । आउँदो दुई वर्षभित्र सिटी हल निर्माण भइसक्ने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ