जेठ १८, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्व परेको रिटको सुनुवाई गर्न गठित संवैधानिक इजलासबाट न्यायाधीशद्धय दिपकुमार कार्की र डा. आनन्दमोहन भट्टराई अलग भएका छन् । सुनुवाईका क्रममा कानुन व्यवसायीहरुले इजलासका न्यायाधिशहरुमाथि प्रश्न उठाएपछि उनीहरु बाहिरएका हुन् ।
तर, कानून व्यवसायीले अलग भएका कार्की र भट्टराईमाथि भने प्रश्न उठाएका थिएनन् । कानुन व्यवसायीले न्यायाधीशद्धय तेबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएका थिए ।
तत्कालिन नेकपा छुट्याउने फैसला गरेका न्यायाधीशद्धय श्रेष्ठ र केसीमाथि निष्पक्ष फैसला गर्न नसक्ने भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका थिए । तर उनीहरुले आफुँहरुमाथि उठेको प्रश्न अर्थपूर्णं नरहेको भन्दै इजलासबाट नबाहिरिने निर्णय गरेका थिए ।
उनीहरुको निर्णयपश्चात न्यायाधीशद्धय कार्की र भट्टराईले अलग हुने निर्णय गरेका थिए ।
हेर्नुहोस् न्यायाधीशहरुले अलग हुने र नहुनेबारे राखेको राय
वि.सं.२०७८ जेठ १८ मंगलवार १६:०४ मा प्रकाशित