१९ जेठ, काठमाडौँ । आइएमई फाउन्डेसनले कोभिड(१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई दिएको छ ।
फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल धनगढी र निजामती कर्मचारी अस्पताल मीनभवन, काठमाडौंलाई २०र २० थानका दरले ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
त्यसैगरी फाउन्डेसनले विभिन्न समूदायहरुद्वारा सञ्चालित आईसोलेशन सेन्टरलाई १५ ओटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्त रुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे ।
फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल धनगढी र निजामती कर्मचारी अस्पताल मीनभवन, काठमाडौंलाई २०र २० थानका दरले ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
त्यसैगरी फाउन्डेसनले विभिन्न समूदायहरुद्वारा सञ्चालित आईसोलेशन सेन्टरलाई १५ ओटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
वि.सं.२०७८ जेठ १९ बुधवार ११:१२ मा प्रकाशित