back

७८ वटा होटल क्वारेन्टिनमा सूचिकरण

वि.सं.२०७८ जेठ १९ बुधवार

435 

shares

१९ जेठ, काठमाडौँ । भारत लगायत तीन गन्तव्यको उडानबाट नेपाल आउने यात्रुका लागि ७८ वटा होटललाई क्यारेन्टिन होटल बनाइएको छ । पर्यटन विभागमा दर्ता भएका ७८ वटा होटललाई क्वारेन्टिन होटलको रुपमा सूचिकरण गरिएको हो ।

पर्यटन विभागले आज पर्यटकदेखि पाँचतारे स्तरसम्मका ७८ वटा होटलको नाम क्यारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको हो । बिहीबारदेखि भारतलगायत कतार, टर्की र चीन गरी चार गन्तव्यका लागि उडान खुला गरिएको छ । उक्त चार गन्तव्यबाट स्वदेश आउँने यात्रुका लागि उक्त होटललाई क्वारेन्टिन बनाइएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतलगायत अन्य देशबाट आउने यात्रुलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, खाडी मुलुकाबाट आउनेले पाँच दिन बसे पुग्छ भन विशेष परिस्थिति भएकालाई होम क्वारेन्टिनमा पठाउने व्यवस्था पनि रहेको छ ।

विभागले सार्वजनिक गरेको ७८ वटा होटलमध्येमा पाँचतारे स्तरका ७ वटा होटल रहेका छन् । विभागको सूचना अनुसार काठमाडौंमा सञ्चालित सांग्रिला, होटल ¥याडिसन, होटल याक एण्ड यति, ह्यात रिजेन्सी सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटललाई क्वारेन्टिन तोकिएको हो ।

पाँचतारे होटलका सञ्चालकले २५ भन्दा बढी कोठा क्वारेन्टिनका लागि छुट्टाएका छन् ।

यस्तै, चारतारे स्तरका होटल शंकर र होटल हिमालय, तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्क गरी ७ होटल क्वारेन्टिनका रुपमा सूचिकरण भएका छन् । यसबाहेक पर्यटनस्तरका ५१ होटल र दुई रिसोर्ट पनि क्वारेन्टिन सूचीमा समावेश छन् ।

यसअघि नै एयर बबल अवधारण अनुरुप नेपाल भित्रनेहरुका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा छुट्टाएको थियो । उक्त होटलमा ७० हाटल थप गरी ७८ वटा होटललाई क्यारेन्टिन बनाईएको हो ।

विभागले पर्यटकस्तरका होटलको दैनिक शुल्क रु तीन हजार (बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खाना) तोकेपनि तारे होटलकोे शुल्क तोकिएको छैन । तारे होटललाई क्वारेन्टिन होटल बनाइएको भन्दै शुल्क निर्धारण नगरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार तारे होटलका सञ्चालकले क्वारेन्टिन शुल्क आफैँ निर्धारण गर्नुपर्नेछ ।

वि.सं.२०७८ जेठ १९ बुधवार २०:१० मा प्रकाशित

GLOBAL IME AD
तीन सय ५६ ग्राम सुनसहित भारती नागरिक पक्राउ

तीन सय ५६ ग्राम सुनसहित भारती नागरिक पक्राउ

काठमाडौँ । तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले...

चीन र भारत जोड्ने चराङ्खोलामा मोटरेबल पुल निर्माण

चीन र भारत जोड्ने चराङ्खोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर,...

‘समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी’

‘समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी’

धरान (सुनसरी) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा...

अष्ट्रेलियामा ‘नेपाल महोत्सव’ हुँदै, नेपाली खानाको प्रदर्शन

अष्ट्रेलियामा ‘नेपाल महोत्सव’ हुँदै, नेपाली खानाको प्रदर्शन

काठमाडौँ । आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव...

‘देशमा दक्ष जनशक्तिको अभाव’

‘देशमा दक्ष जनशक्तिको अभाव’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्सेनि हजारौँ...

महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी

महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी

भक्तपुर । यहाँस्थित जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र...