२० जेठ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।
बिहीबार अपरान्ह ४ बजेका लागि बोलाईएको उक्त बैठक बालुवाटारमा बस्ने भएको छ । बैठकमा स्थायी कमिटीका १९ जना सदस्यहरु सहभागी हुने बताइएको छ ।
उक्त स्थायी कमिटीमा माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरु भने छैन् ।
उता माधव पक्षले पनि बिहान ११ बजेका लागि भुर्चअल माध्यमबाट केन्द्रीय कमिटीको बैठक आयोजना गरेको छ ।
उक्त बैठक अनाधिकृत व्यक्तिले डाकेको भन्दै ओली पक्षले विज्ञप्ति नै जारी गरेर बैठकमा सहभागी नहुन निर्देशन दिएको छ ।
अनाधिकृत व्यक्तिले बैठक डाकेको भन्दै माधव समुहको बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन
वि.सं.२०७८ जेठ २० बिहीवार ०९:४४ मा प्रकाशित