back

तपाईको परिवारमा कुनै सदस्यलाई कोरोना संक्रमण देखियो ? ध्यान दिनुहोस् यी पाँच कुरा

वि.सं.२०७८ जेठ २५ मंगलवार

195 

shares
NTC AD

विश्ववयपी रुपमा छाएको कोरोना महामारीको पहिलो लहरमा कोरोना संक्रमितलाई समाजमा छिःछि र दुर–दूर गर्दा धेरैले मानसिक रुपमा पीडा भोग्ने मात्र नभई केहीले आइसोलेशनमै, केहीले घर फर्किएपछि र केहीले अस्पतालमै आत्महत्या गरेका घटना पनि हामीले सुन्यौ अनि भोग्यौ पनि । तर, कोरोनाको दोस्रो लहरले भयावह रुप लिए पनि पहिलो लहरमा जस्तो छिःछि र दुर–दूर हुने अवस्था भने आएन । धेरैले आफ्नै घरमा बसेर, घर परिवारको सहयोगमा कोरोना संक्रमणलाई जितेर पुनः स्वस्थ्य जीवनमा फर्किए । अहिले पनि ८० हजार भन्दा बढी कोरोना संक्रमितले होम आइसोलशनमै बसेर परिवार र समाजको साथ र सहयोगमा कोरोनालाई जित्नका लागि आत्मबल बढाइरहेका छन् ।

कोरोना संक्रमितलाई निको बनाउन परिवारको अहं भूमिका
कोरोना संक्रमित भएका आफ्ना परिवारका सदस्यलाई छिट्टै संक्रमणबाट मुक्त बनाउन परिवारका अन्य सदस्यको अहं भूमिका हुन्छ । खानपान लगायतका स्वास्थ्य अवस्थामा ध्यान दिनुका साथै संक्रमित सदस्यको मनोबल उच्च कनाउनका लागि पनि परिवारका सदस्यको ठूलो भूमिका हुन्छ । परिवारका सदस्यले दिएको हौसला र आत्मबलकै कारण कोरोना संक्रमित छिटो संक्रमण मुक्त हुन्छन र पुरानै लयमा जीवनको गति अगाडि बढाउन सफल हुन्छन् ।

परिवारका सदस्यले गर्नुपर्ने यी पाँच काम
१-घर परिवारमा यदि कसैलाई कोरोना संक्रमण भएको शंका लागेमा तत्काल कोरोना परीक्षण गराउने ।

२–संक्रमितलाई छुट्टै कोठामा राख्ने । पौष्टिक खानेकुरा खुवाउने, आराम गर्न लगाउने तथा संक्रमितले प्रयोग गरेका समानहरु अलग्गै राख्ने र सरसफाईमा बिशेष ध्यान दिने ।

३–पल्स अक्सिमिटरले संक्रमितको शरीरको अक्सिजनको स्तर जाँच गरौं । साथै शरीरको अक्सिजनको स्तर बढाउन संक्रमितलाई घोप्टो परेर सुत्न लगाउने । ज्वरो आएमा प्यारासिटामोल खुवाउने र पानी पट्टि लगाइदिने । ४–५ दिनसम्म पनि ज्वरो कम नभएमा स्वास्थ्यकर्मीसँग तत्काल परामर्श गर्ने ।

४–नजिकको अस्पताल वा स्वास्थ्यकर्मीसँग फोन मार्फत् निरन्तर सम्पर्कमा रहने । उनीहरुको सल्लाह बमोजिम संक्रमितको अवस्था हेरि समयमा नै अस्पताल लैजाने व्यवस्था गर्ने । ज्वरो नघटेमा, खोकी ठिक नभएमा, शरीमा अक्सिजनको मात्रा कम भई अप्ठ्यारो महसुस भएमा, संक्रमित स्वयम्ले आफ्नो हेरचाह गर्न नसक्ने देखिएमा वा बोली लरबरिन थालेमा तुरुन्त अस्पताल लैजाने ।

५ एक व्यक्तिले मात्र संक्रमितको हेरचाह गर्ने । परिवारका अन्य सदस्यलाई पनि कोभिड–१९ का लक्षणहरु देखिन सक्ने भएकोले सर्तक रहने तथा संक्रमित परिवारका अन्य सदस्यको मानसिक स्वास्थ्यको विशेष ख्याल राख्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा दिइएको स्वास्थ्य सचेतनामा जानकारी दिइएको छ ।

 

वि.सं.२०७८ जेठ २५ मंगलवार १६:०१ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...