back

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७८ जेठ २६ बुधवार

228 

shares
NTC AD

२६ जेठ, काठमाडौँ । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ ।

बैंकले ४ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १६ लाख कित्ता सर्बसाधारणलाई र २४ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १६ लाख कित्ता मध्ये २५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिसकिएको बैंकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

१० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

वि.सं.२०७८ जेठ २६ बुधवार ११:२८ मा प्रकाशित

ADBL AD
‘शेयर’ बजार बुलमा हुने भूल

‘शेयर’ बजार बुलमा हुने भूल

काठमाडौँ । ‘शेयर’को बुल (बढ्दो) बजारको लहर चल्दै गर्दा लगानीकर्ता...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

साताको अन्तिम दिन ३६.८३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

साताको अन्तिम दिन ३६.८३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले...

सामान्य अङ्कले बढ्यो नेप्से

सामान्य अङ्कले बढ्यो नेप्से

काठमाडौँ । यो सातामा कारोबारका अघिल्ला दुई दिन लगातार उच्च...

नेप्से परिसूचकमा निरन्तर उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा निरन्तर उच्च अङ्कको गिरावट

काठमाडौँ । यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च...

कस्तो हुन्छ अर्थतन्त्र र सेयर बजारको सम्बन्ध ?

कस्तो हुन्छ अर्थतन्त्र र सेयर बजारको सम्बन्ध ?

शेयर बजार लगानीकर्ताहरूले सार्वजनिक रूपमा कारोबार भएका कम्पनीहरूको शेयर खरिद...