back

म्यादको अवधि सकिँदा पनि जडान भएन अक्सिजन प्लान्ट

वि.सं.२०७८ जेठ २६ बुधवार

213 

shares
NTC AD

२६ जेठ, जाजरकोट । ठेक्का अवधि सकिए पनि जाजरकोटको जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएको छैन ।

अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ ।

जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी काठमाडौँको नेपटेक मेडिकल सप्लायर्सले ठेक्का सम्झौता गरेको थियो । कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न रु ४० लाखमा ठेक्का सम्झौता गरेको थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको शुरुमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको हो ।

ठेक्का सम्झौताअनुरूपको निर्धारित समय बितिसक्दा पनि नेपटेकले अस्पतालमा अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया अघि नबढाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिण्डर भर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैशीले बताए ।

नेपटेकले कोरोना महामारी र लकडाउनका कारण प्लान्ट जडान गर्न नसकिएको भन्दै १५ दिनको थप समय माग गरेको छ तर कार्यालयले पाँच दिनको समय मात्र थप गरेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताए ।

उनका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसके बढीमा पाँच दिनसम्म समय थप गर्न सकिने व्यवस्था छ । थप गरिएको समय पनि गुज्रिएपछि ठेकेदारले थप समय माग गरेको उनले बताए । नेपटेकका प्रोप्राइटर नरबहादुर लिम्बूले जेठ मसान्तभित्र अक्सिजन प्लान्ट जडान गरिने बताए।

थपिएको समय पनि सकिएकाले ठेकेदारलाई कस्तो कारवाही गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालासँग परामर्श भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना सङ्क्रमितलाई अक्सिजन दिन समस्या भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत ओसरसिंह राठोरले बताए ।
रासस

वि.सं.२०७८ जेठ २६ बुधवार ११:३२ मा प्रकाशित

ADBL AD
निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

  जुम्ला । जुम्लामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको...

पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ महोत्सव हुँदै

पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ महोत्सव हुँदै

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सवको आयोजना...

बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २७ घाइते

बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २७ घाइते

नेपालगञ्ज । बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा...

हावाहुरीले मकैबालीमा क्षति पुर्याउँदा किसान चिन्तामा

हावाहुरीले मकैबालीमा क्षति पुर्याउँदा किसान चिन्तामा

काँक्रेविहार (सुर्खेत) । घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्याउँदा...

भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई

भेरी पम्पिङ आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई

कर्णाली । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा भित्र्याउन...

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन...