Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

बहु प्रतिक्षित होण्डा सिबी ३५० डिएलएक्स अब नेपाली बजारमा



२६ जेठ, काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले बहु प्रतिक्षित होण्डाको सिबी ३५० डिएलएक्स सार्वजनिक गरेको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.का अध्यक्ष सौरभ ज्योतिले यूटुबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यो मोटरसाईकललाई सोमबार नेपाली बजारमा सार्वजनिक गरेका हुन् ।

नेपालमा होण्डाको सिबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सिबी ३५० डिएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा विश्वस्त रहेको होण्डाले जनाएको छ ।

होण्डाको बहुप्रतिक्षित सिबि ३५० डिएलएक्स चाँडै नेपाली बजारमा

३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यो बाइकसिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी३विभिन्न रङ्गहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित लिड हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

नेपाली बजारमा यस सिबी ३५० डिएलएक्सको मूल्य रु.७ लाख ५० हजार तोकिएको छ । थप जानकारीका लागि ईच्छुक बाईक पारखीहरुले होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

यूट्युबमा हेर्नुहाेस् अध्यक्ष साैरभ ज्याेती होण्डाको सिबी ३५० डिएलएक्स सार्वजनिक गर्दै 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय