२६ जेठ, काठमाडौँ । बालबालिकामा देखा पर्ने ‘मल्टी सिस्टम इन्फेलेमेटरी सिन्ड्रोम’ (multi system inflammatory syndrome) भनेको कोरोना संक्रमित बालिबालिको मुटु, फोक्सो, मृगौला, छाला, आँखाजस्ता अंग सुनिने समस्या हो ।
यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखा पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरुलाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेखित मध्ये कम्तीमा अन्य कुनै दुई वटा लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल लैजानु पर्ने बताएको छ ।
यस्तो लक्षणहरु देखा परे के गर्ने, यस्तो समस्या के कारणले देखिन्छ भनेर यकिन भइनसकेको छैन । यो कोरोना भाइरस संक्रमित वा संक्रमित सँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको हुँदा त्यस्तो समस्या आउनै नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु र गराउनु एकमात्र उपाय रहेको मन्त्रालयले जनाएको छ।
वि.सं.२०७८ जेठ २६ बुधवार २०:३० मा प्रकाशित




























