back

कविताः मूल्य पसिनाको

वि.सं.२०७८ जेठ २९ शनिवार

369 

shares

भालेको डाकमा उठेर
हस्याङ्ग फस्याङ्ग चुल्हा चौका गरी
अगेनामा भुक्के रोटी सेकेर
अलिकति सब्जी नभए गुन्द्रुकको अचार
खाजा बोक्ने भाँडामा हाली
रुमालमा पोको पारेर
फीक्का रगं बोतलमा हालेर
पहिलो घण्टीको आवाज
कानमा पर्ने साथ मेलोमा पुग्न
तल्लो घर, पल्लो घर अनि माथिल्लो घरका
साइँली माइली , धनमाया मनमायाहरु
हतार हतार मेलोमा पुग्छन् ।
बर्खे झरी होस् या चर्को घाम
या होस् ठिहिर्याउने महिना
कामदारीको निर्देश अनुसार
कमाई दिन्छन्
विदेशिने हरियो डलर ।

बर्खेझरी
जिउको लुगामा टाँसिने
हरियो लहरे घाँसको गन्ध,
चर्को घामले पोलिएर निस्केको
अमिलो पसीना
कामको चटारोले नुहाउनु नपाएको
शरीरको मैलो गन्ध बोकेर
शनिवारको दोस्रो बेला
हफ्ता भरी खटेको रोज थाप्नु
लामो लगेर बसेका श्रमिकहरूको
सन्तुष्टीको हँसिलो अनुहारको
लेखाजोखा गर्दा
विश्व प्रसिद्ध दार्जिलिङ चियाको बोटमा
खट्ने श्रमिकहरूको पारिश्रमिक
मार्गेट डेकमा पिएको
एक प्याला ‘ग्रीन टी’ को
मुल्य भन्दा धेरै कम रहेछ
श्रमिकहरूको हफ्ता भरको
परिश्रमको र पसिनाको ज्याला ।

 

वि.सं.२०७८ जेठ २९ शनिवार ०९:१५ मा प्रकाशित

GLOBAL IME AD
गजल

गजल

डा. घनश्याम परिश्रमी चमेली, जुही फुल्न छाडे कि क्या हो...

सुसेली

सुसेली

सरला ओझा, काठमाडौं हाम्रो गर्व हो महत्त्व छ महान दसैं...

शीर्षक : कविता

शीर्षक : कविता

कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर सन्दर्भ मिल्दछ भने अनि काव्य बन्छ...

गजल

गजल

स्वर्ण शिखा, दाङ भन्दछिन् मेरी प्रेयसी सधैँ भेट्न आउनू बेलुकी...

कविता : सिसाकलमझैँ जिन्दगी

कविता : सिसाकलमझैँ जिन्दगी

भुवन शिवाकोटी “चौघरे”, काठमाडौं तिमी लेखिनु मात्रै पर्छ जीवनको सेतो...

कविता : भेडा महात्म्य !

कविता : भेडा महात्म्य !

टिएन भट्ट विश्वामित्र महालक्ष्मी, ललितपुर साला ! ऊ पनि देश...