३० जेठ, रौतहट । घरायसी झगडामा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि एसिडि प्रहार गरेका छन् ।
चन्द्रपुर नगरपालिका–४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषले आफ्नी ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेका हुन् ।
घरायसी झै–झगडा हुँदा सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गरेका थिए । ईलाका प्रहरी कार्यालय चपुरबार खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको लिएको छ भने घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ जेठ ३० आइतवार १५:४७ मा प्रकाशित