back

सिन्धुपाल्चोक बाढी अपडेटः यस्तो छ अहिलेसम्मको जनधनको क्षति विवरण

वि.सं.२०७८ असार ४ शुक्रवार

525 

shares

४ असार, काठमाण्डौं । असार १ गते (मंगलबार) अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको बिबरण अनुसार हालसम्म २० नागरिक सम्पर्क बिहीन भएका छन् भने तीनजनाको शब फेला परेको छ ।

विहीबार मेलाम्ची खानेपानी आयोजनामा कार्यरत चिनिया नागरिक गोड टियान छियोको शब इन्द्रावती गाउँपालिका ११ बदेरीस्थित इन्द्रवती खोलाको किनारमा भेटिएको छ भने यु चि.झु (चिनिया नागरिक) को पनि सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुलकोट स्थित सुनकोशी नदीको किनारमा भेटिएको छ । साथै कमल लोचन महतो (भारतीय नागरिक) को सुनकोशी गाउँपालिका ७ कानढुंग्रीस्थित सुनकोशी नदीको किनारमा भेटिएको छ ।

अझै पनि २० जना सम्पर्क बिहीन, ५ जनाको उद्धार
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी र पहिरोमा बेपत्ता भएका छन् । उनीहरुमा हेलम्बु गाउँपालिका २ किउलका ३१ वर्षीय गणेश भण्डारी, चुरोटारका ४२ वर्षीय गणेश ज्योती, पाल्चोक शेराकी ६६ वर्षीया टिकामाया खड्का, चनौटेका ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु ६ किउल पारीका ५० वर्षीय च्याडा तामाङ र ४२ वर्षीया काली तामाङ, हेलम्बु ३ चनौटेकी ५० वर्षीय साइली तामाङ, हेलम्बु १ का ४५ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय पुर्ण तामाङ, ५० वर्षीय कामी तामाङ, ८० वर्षीय नोकी तामाङ, ९० वर्षीय तस्बिर तामाङ, चौतारा सागाचोकगढी नगरपालिकाका सुरेन्द्र नेपाल, तनहुँ आबुखैरनी १ का रेशमलाल सार्की, तेह्रथुम खामलालुङ्ग ९ का ५२ वर्षीय होमराज घिमीरे, भारतका बिजय वासुमन्तरी, जिनडाओ बासुमन्तरी, चिनिया नागरिक सन यु चुवान, जुगल गाउँपालिकाकी २० वर्षीया गीता थापा र १ वर्षीय बालक सुदिप थापा सम्र्पक बिहीन भएका छन् । बेपत्ता हुनेमा हेलम्बुका मात्रै ११ जना रहेका छन् ।

त्यसैगरी त्रिपुरा सुन्दी १ घोरथलीका १९ वर्षीय विमल खत्री भन्ने देब खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल र कमल खत्री सम्पर्कमा आएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कति क्षति भयो त ?
बाढी र पहिरोका कारण १ दर्जन बढी पुलहरुमा क्षति भएको छ । जसमा हेलम्बु गाउँपालिका १ र ६, २ र ६ पुल तथा १ चिउरी खर्क, हेलम्बु गाउँपालिका १, मेलम्ची नगरपालिका १ तितेपानी जाने पुल, जुगल गाउँपालिका ३ मा रहेको नेश्मा खोलाको एक पुल, पाँचपोखरी गाउँपालिका २ स्थित याङरीमा २ वटा र सोहि गाउँपालिका ३ लार्केमा रहेको १ गरी १० झोलुङ्ग पूल बगाएको छ ।
त्यसैगरी हेलम्बु गाउँपालिका १ को टिम्बु र हल्दे, मेलम्ची नगरपालिका १० र ११ जोड्ने, पाँचपोखरी २ स्थित मेलम्ची खानेपानीद्धारा निर्माणधिन २ वटा पक्की पुल गरेर जम्मा ६ वटा पक्की पुल बगाएको छ ।
त्यस्तै हेलम्बु गाउँपालिमा ७ मा रहेको रहेको ७ वटा ट्राउट माछा फर्म पनि बाढीले बगाएको छ । अन्य विवरण आउन बाँकी ।

 

 

 

वि.सं.२०७८ असार ४ शुक्रवार १३:४२ मा प्रकाशित

GLOBAL IME AD
खेलकुदका माध्यमबाट नेपाल-चीन सम्बन्ध अझ प्रगाढ हुँदै

खेलकुदका माध्यमबाट नेपाल-चीन सम्बन्ध अझ प्रगाढ हुँदै

गण्डकी । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते...

पाँच केजीभन्दा बढी सुनसहित विमानस्थलबाट तीन जना विदेशी नागरिक पक्राउ

पाँच केजीभन्दा बढी सुनसहित विमानस्थलबाट तीन जना विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम...

कति पदका लागि कहाँ-कहाँ हुँदैछ स्थानीय तहको उपनिर्वाचन ?

कति पदका लागि कहाँ-कहाँ हुँदैछ स्थानीय तहको उपनिर्वाचन ?

अशोक घिमिरे/काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय...

आज छठको दोस्रो दिन ‘खरना’

आज छठको दोस्रो दिन ‘खरना’

महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु...

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

भरतपुर (चितवन) । रत्ननगर नगरपालिका-२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना...

राष्ट्रपति पौडेल अजरबैजान जाँदै

राष्ट्रपति पौडेल अजरबैजान जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु...