५ असार, चितवन । भरतपुर चितवनस्थित गुरुकुल कलेजमा कम्प्युटर विज्ञान विषय लिई कक्षा १२ मा अध्ययनरत विद्यार्थी समिप अर्याललाई सामाजिक सञ्जाल फेसबुकले फेसबुक असुरक्षा डिस्क्लोजर अवार्ड (Facebook Vulnerability Disclosure Award 2021)प्रदान गरेको छ ।
रत्ननगर नगरपालिका – १०, चितवनका अर्यालले सामाजिक सञ्जालका समस्याहरू पत्ता लगाउन गरिरहेको अनुसन्धानलाई सामाजिक सञ्जाल फेसबुकले पहिले नै १० पटक पुरस्कृत गरिसकेकोमा यसपटक फेसबुक म्यासेन्जरमा रहेको गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएबापत फेसबुक असुरक्षा डिस्क्लोजर अवार्डले सम्मान प्रदान गरेको हो ।
म्यासेन्जर एप्लिकेसन मार्फत ब्यक्तिका आन्तरिक डकुमेन्ट चुहावट हुनेगरेको पत्ता लगाई रिपोर्ट गरेपछि अर्याललाई फेसवुकले सपिमलाइ ‘फेसवुक भल्निर्याविलिटि अवार्ड 2021’बाट सम्मानित गरेको हो ।
फेसबुकको Hall of Fame मा २४ औँ स्थान प्रदान गर्दै फेसबुकले आफूलाई उक्त अवार्डका साथै ३१२५ अमेरिकी डलर नगद पुरस्कार समेत प्रदान गरेको समिपले शुक्रबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।
आफ्नो कलेजमा अध्यापनरत विद्यार्थी सम्मानित भएकोमा खुशी व्यक्त गर्दै कलेजका प्राचार्य टिकाराम चापागाईंले मेधावी विद्यार्थी सपिमका साथै उनका अभिभावक तथा कलेजमा प्राध्यापनरत गुरुहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
गुरुकुल कलेज आजको विज्ञान र प्रविधिको युगमा कम्प्युटर विज्ञानको अनुसन्धानको क्षेत्रमा उनको निरन्तरता र उच्च सफलताको कामना गर्दै उनको अनुसन्धानबाट प्राप्त नतिजाले नेपाल, नेपाली र सम्पूर्ण विश्व मानव जीवनलाई नै सकारात्मक सन्देश दिनेछ भन्ने विश्वास लिएको पनि प्राचार्य चापागाईंले बताए ।
वि.सं.२०७८ असार ५ शनिवार १५:३४ मा प्रकाशित