back

केहि तथ्य, केही भ्रम र केही जिज्ञासा

वि.सं.२०७८ असार ८ मंगलवार

357 

shares
NTC AD
Global IME AD

१) अदालतले दुई/दुई चोटि एमालेलाई २०७५ जेठ २ मा जाउ भनिसक्यो । कानुनी हिसाबले अहिले एमाले जेठ २ मै छ । तरपनी पार्टी अध्यक्ष कानुन बमोजिम पार्टीको बैठक डाक्न किन हिच्किचाई रहेका होलान ?

२) पार्टी जेठ २ मै छ । जेठ २ मा भएको पार्टिलाई जेठ २ मा लाने भनेर पार्टीका दोस्रो तहका नेताहरु बैठक बसिरहेका छन । यो पनि बुझिनसक्नु कुरा होइन र ?

३) पार्टी अध्यक्ष जेठ ३ पुर्वमा पार्टी लैजाने भनेर बक्तब्यबाजी गर्छन । त्यो काम त अदालतले गरिसक्यो । त्यसको बैठक डाकेर आबश्यक काम गर्नुको साटो उनी अनावश्यक बक्तब्यबाजीमा रमाउनुको उद्वेश्य के होला ?

४) पार्टीलाई पुर्ववत अवस्थामा फर्काउछु पनि भन्ने अनि दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई ब्युताउन अदालत पनि धाउने ? यो के नौटन्कि हो ? कि नाटक‌ै हो ?

५) क.माधवको शेर बहादुर र पुष्पकमलसङ्गको भेटघाटलाई लिएर रोइलो गरिएको छ । क.माधवलाई क.खड्क प्रसादले कारबाही गरेको होइन ? कारबाही ब्यहोरेको मान्छेले जोसुकैलाई भेटेपनि खड्क मण्डलिलाई के आपत्ति हो ? हटाईसकेको ब्यक्तिलाई पार्टीको अनुशासनको दुहाई दिन मिल्छ? ‘खड्क कानुन,कसैले नजानुन’ भनेको यहि हो ?

६) प्रधानमन्त्री बिपक्षी भएको सबै मुद्दामा अदालतले प्रधानमन्त्रीलाई हराईदिएको छ, जस्तै गिटी ढुङ्गा भारत निकासी गर्ने मुद्दा,भारतिय भान्जाभान्जीहरुलाई नागरिकता दिने मुद्दा,योग्यता नपुगेकालाई राजदुत बनाउने मुद्दा,लाङटाङ निकुन्ज यतिलाई सुम्पने मुद्दा, संसद पुनःस्थापन मुद्दा आदि । यति धेरै गैरकानुनी काम प्रधानमन्त्रीले गर्नुभयो भनेर अदालतले फैसला गर्दा पनि प्रधानमन्त्रीलाई लाज लाग्दैन ?

७) काम चलाउ भैसकेको सरकारले सरकारको पुनर्गठन गर्नुहुदैन भन्ने संबैधानिक ब्यबस्था प्रधानमन्त्रीलाई थाहा छैन ? कि जानिजानी संविधान मिच्नुभएको हो ?

८) आउँदा बर्षहरु चुनावी बर्ष हुनेछन । ती चुनावहरुमा क.खड्क जनतामा के भन्न जानुहुन्छ ?  कि सबै गल्तिहरु सुर्य चिन्हले ढाकछोप गर्नेछ्न भन्ने ठान्नुहुन्छ ?

९)  यी सबै प्रश्न र जिज्ञासाहरुको उत्तर अपेक्षा गरिएको छैन । किनकि जनता र कार्यकर्ताहरू जानकार छ्न । उपयुक्त समयमा सहि निर्णय लिनेछ्न । त्यतिखेर कस्को सत्यानाश हुने हो समयले बताउनेछ ।

(प्रस्तुत विचार अर्यालको सामाजिक सञ्जाल फेसबुकबाट लिइएको हो ।)

वि.सं.२०७८ असार ८ मंगलवार १०:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD