८ असार, काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले समूह ए अन्तर्गत मंगलबार बिहान सम्पन्न भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेनिटनाका लागि अलेजान्द्रो गोमेजले खेलको १० औँ मिनेटमा गोल गरेका थिए ।
समूह ‘ए’ मा अपराजित अर्जेन्टिना ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा रहदैँ क्वाटरफाइनलमा स्थान बनाएको हो । समूह चरणको आफ्ना अन्तिम खेलमा अर्जेनटिनाले बोलिभियाको सामना गर्ने छ ।
वि.सं.२०७८ असार ८ मंगलवार १२:०५ मा प्रकाशित