back

नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण शुरु

वि.सं.२०७८ असार ९ बुधवार

333 

shares
GLOBAL IME AD
NTC AD

९ असार, काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण मंगलबार देखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहेका छन । सोका लागि उनी गत साता श्रीलंकाबाट काठमाडौँ आएका हुन । नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडी छनोट गरेको थियो । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुने तय भएको क्यानले जनाएको छ ।

प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो ।

बन्द प्रशिक्षणका लागि छनोट गरिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशन भारी, शरद् भेषवाकर, विक्रम सोब, पवन सर्राफ र पृथु बाँस्कोटा रहेका छन ।

बन्द प्रशिक्षणअघि सबै खेलाडीको कोरोना परीक्षण गरिएकामा नेगेटिभ आएको क्यानले जनाएको छ ।

वि.सं.२०७८ असार ९ बुधवार १०:१५ मा प्रकाशित

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको...

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...