back

अस्ट्रेलियामा पीआरकाे नियम थप खुकुलाे, यी १९ कार्यक्षेत्र हुनेलाई छ प्राथमिकता

वि.सं.२०७८ असार ९ बुधवार

342 

shares
GLOBAL IME AD
NTC AD

असार ९, काठमाडाैं । अस्ट्रेलियाले स्थायी बासिन्दाको अनुमति (पीआर) पाउने प्रावधान अझ सहज बनाएको छ । सरकारद्वारा मंगलबार जारी गरिएको नयाँ नियमअनुसार यहाँ रहेका नेपालीले समेत राहत पाउने भएका छन् ।

अध्यागमनमन्त्री एलेक्स हकले मंगलबार २२ वटा कार्यक्षेत्रलाई प्राथमिकताका आधारमा छरितो किसिमबाट भिसा प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको बताएका छन् । जसअनुसार अधिकांश नेपालीले अध्ययन गर्ने एकाउन्टिङ र सूचना प्रविधि(आईटी) विषयसमेत पछिल्लो निर्णयमा समेटिएको छ । उच्चशिक्षा अध्ययनपछि स्थायी बासिन्दाको अनुमति लिनका लागि वर्षौंदेखि संघर्ष गरिरहेका नेपाली विद्यार्थी समेत सरकारको निर्णयअनुसार छिटो प्रक्रियामार्फत पीआर लिन योग्य हुने भएका छन् ।

सरकारले यसभन्दा पहिले नर्सिङ, सामाजिक कार्यकर्ता, चिकित्सकलगायतका १९ वटा विषयमा अध्ययन गरेको कार्यक्षेत्रलाई प्राथमिकताका आधारमा भिसा प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सरकारले मंगलबार थप २२ वटा कार्यक्षेत्रलाई समेत यसै प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो ।

थप गरिएको सूचीमा सेफ, विभिन्न एकाउन्टिङ विषय, आईटी, इन्जिनियरिङ, सर्भेलगायतका कार्यक्षेत्र छन् । कोरोना भाइरसका कारण अस्ट्रेलियाली कार्यक्षेत्रमा दक्ष कामदारको अभाव देखिन थालेपछि सरकारले यो निर्णय गरेको समाचारमा जनाइएको छ । अस्ट्रेलियाले स्थायी बासिन्दाको अनुमति दिए नि यसलाई एक प्रकारको भिसाकै रुपमा परिभाषित गर्ने गरेको छ । मन्त्री हकले सरकारको यस निर्णयले कोभिड–१९ को महामारीपछि अस्ट्रेलियाली अर्थतन्त्र उकास्नलाई थप मद्दत पुराउने बताएका छन् । उनले यहाँस्थित व्यावसायिक संघसंस्था, साझेदार तथा अन्य सम्बन्धित निकायसँगको सरसल्लाहपछि निर्णय गरिएको समेत जनाएका छन् ।

सरकारको यस निर्णयको सरोकारवालाहरुले स्वागत गर्दै अहिलेको परिस्थितीमा विदेशबाट कामदार ल्याउन सक्ने अवस्था नरहेका कारण यो निर्णयले स्वदेशी कामदार परिपूर्तिमा सहज हुने बताएका छन् ।

विगत १० वर्षदेखि विद्यार्थीका क्षेत्रमा काम गरिरहेका सोलिसिटर सञ्जीव पाण्डे यो निर्णयले यहाँ रहेका धेरै नेपाली विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने बताए । उनले एकाउन्टिङ, आईटीलगायतका विषय अध्ययन सकेर पीआरको पर्खाइमा रहेका अधिकांश विद्यार्थीलाई फाइदा हुने बताए । ‘सरकारले यो प्रक्रियाका बारेमा कसरी, कहिले र कुन किसिमले हुने भनेर खुलस्त नपारे पनि यो निर्णय सम्बन्धित बिषय अध्ययन गरेका विद्यार्थीका लागि अत्यन्तै खुसीको विषय हो,’ पाण्डेले भने ।

उनका अनुसार अस्ट्रेलियामा नेपाली विद्यार्थीले सबैभन्दा धेरै एकाउन्टिङ, नर्सिङ, आईटी र कुकरी अध्ययन गर्ने गरेका छन् । पछिल्लो निर्णयमा यी सबै विषयअन्तर्गतको कार्यक्षेत्रलाई प्राथमिकताका आधारमा भिसा प्रक्रियामा समावेश गराइने भएपछि हजारौं नेपालीलीलाई स्थायी बासिन्दाको अनुमति पाउन पहिलेको तुलनामा सहज हुने भएको छ । याे समाचार आजकाे कान्तिपुर दैनिकमा छ ।

वि.सं.२०७८ असार ९ बुधवार १२:०० मा प्रकाशित

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

कलैया (बारा) । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई...

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...